केएमसी अस्पतालमा एकदिनको अन्तरालमै दम्पतिको मृ,त्यु, ६ वर्षीया छोरीको भावुक सन्देश

काठमाडौं : ताप्लेजुङ जिल्ला सिरिजंघा गाउँपालिका–१ सिनाम घर भएकी रोस्ती इवारम लिम्बूले ६ मे अर्थात वैशाख २३ गते अक्सिजन दिइरहेको अवस्थामा लिएको सेल्फी फोटोसहित स्ट्याटस ‘मेरो लागि प्रार्थना गर्नुस्’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिन्।

अक्सिजन दिएको फोटो राखेपछि जो कोहीले पनि बुझिहाल्छ कि, रोस्ती को,रोना संक्र,मित भएपछि उप,चारको क्रममा अस्प,तालमा छिन्। रोस्ती मात्र होइन, उनका श्रीमान दीपक थेबेलाई समेत को,रोना पुष्टि भएपछि उनीहरु सिनामंगलस्थित केएमसी अस्प,तालमा उप,चाररत थिए।

झण्डै दुई सातादेखि को,रोना संक्र,मण भएर उप,चाररत थिए रोस्ती र उनका श्रीमान् दीपक। उनीहरु दुवैलाई अक्सिजन दिएर राखिएको थियो। स्वास्थ्यमा सुधार नभएपछि ३० वैशाख राति अर्थात ‘प्रार्थना गर्नुस्’ भनेको ७ दिनपछि रोस्तीको नि,धन भयो।

जुन कुरा रोस्तीका श्रीमान दीपकलाई समेत जानकारी दिइएको थिएन। दीपक उपचारकै क्रममा चिकित्सकको निगरानीमा थिए। तर, श्रीमती रोस्तीको नि,धन भएको २४ घण्टा नबित्दै दीपकले समेत यो संसार छोडे।

पारिवारिक स्रोतका अनुसार रोस्ती ७ महिने गर्भवती थिइन्। ‘हिजो साइली बहिनी गर्भमै भएको ७ महिनाको छोरासँग, अनि आज ज्वाईदीपक पनि यो दुनियाँबाट बिदा हुनुभयो, कति ठूलो बज्र प‍र्यो हाम्रो परिवारमा, हे भगवान के गर्ने होला,’ रोस्तीकी दिदी कल्पना काम्वाङले फेसबुकमा लेखेकी छन्।

रोस्तीको नि,धन भएको २४ घण्टा नबित्दै वैशाख ३१ गते शुक्रबार बिहान ज्वाई दीपकको पनि नि,धन भएको रोस्तीकी दिदी कल्पना काम्वाङले बताइन्। दुखान्त पनि कस्तो–कस्तो१ काठमाडौंको कपन बस्दै आएकी रोस्ती र उनका श्रीमान् दीपकले ‘सधैं बाँच्ने कसम’ खाएजस्तै संसारबाट बिदा हुने समय पनि एकैसाथ रोजे।

रोस्ती–दीपकको ६ वर्षकी सानी छोरी रसिया सुब्बा थेबे छिन्। आमाबुबाको माया पाउने समयमा उनीहरुले नै छाडेर गएपछि रसिया टुहुरो जस्तै बनेकी छिन्। त्यहिपनि उनले आफ्नो मनलाई दह्रो बनाएर फेसबुकमार्फत आमाबुबाको लागि शान्ति मिलोस् भन्दै प्रार्थना गरेकी छन्।

रसियाले आमाबुबा नै गुमाएपछि आमाबुवाको तस्वीर शेयर गर्दै गहिरो दुःखका साथ फेसबुकमा लेखेकी छिन्, ‘तपाईको आत्माले शान्ति पाओस्, तपाईं सधै हाम्रो हृदयमा रहनुहुनेछ, आमाबुवा खुसीसाथ सँगै रहनुहोला, मेरो बारेमा चिन्ता नलिनु होला।’ रोस्ती र दीपकको निधनपछि यतिबेला सामाजिक सञ्जाल शोक सन्देशले भरिएको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty eight ÷ eleven =