काठमान्डौं : नायक पल शाह अक्सिजन वितरणमा दिनरात नभनी लागिपरेका छन् । बाराको जितपुर पुगेर पल र उनको टिमले अक्सिजन सिलिन्डर काठमाडौं ल्याएको छ ।
उनै, पल शाह नेपाल सरकारले गरेको एक निर्णयले आक्रोशित भएका छन् । कोरोनाका कारण नि,धन भएका मानिसको शव जलाउने कर्मचारीलाई एक हजार प्रोत्साहन भत्ता दिने निर्णय पर्यटनमन्त्री भानुभक्त ढकालले गरेसँगै पल आक्रोशित भएका हुन् ।
उनले सामाजिक संजालमा लेखेका छन्–‘सरकारले ४ सय रुपैयाँको अक्सिजन दिन छोडेर, जनता तिमी मर, म तिम्रो लास जलाउनेका लागि एक हजार भत्ता दिनेछु । वाह सरकार तिम्रो नियत ।’
पलले कोभिडका कारण ज्यान गुमाएका सम्पूर्णप्रति श्र,द्धा,ञ्जली अर्पण समेत गरेका छन् । उनले अक्सिजनका कारण कसैको पनि ज्यान नजाओस् भन्नका लागि आफूहरु लागिपरेको पनि उल्लेख गरेका छन् ।
Facebook Comments Box