
काठमाडौ । सुशान्त सिंह राजपूतको निधन पछि उनको पूर्वप्रेमिका अंकिता लोखन्डे अहिले पनि सुशान्तकै परिवारको साथमा छन् । उनले सुशान्तको निधन पछि नै परिवारलाई साथ दिदै आएकी छन् । अहिले सुशान्तको इच्छा भन्दै सुशान्तकै परिवारसंग मिलेर अंकिताले एक हजार विरुवा रोप्ने भएकी छन् । उनले परिवारका हरेक दावीलाई समर्थन गर्दै सुशान्तलाई न्याय दिलाउने पक्षमा आफूू रहेका बताउँदै आएकी छन्।
सुशान्तको घटनाको छानविनकै क्रममा उनको प्रेमिका रिया चक्रवर्ती पक्राउ परेपछि अंकिताले प्रतिकृया जनाएकी छन् । अंकिताले सुशांतको निधनका बारेमा सामाजिक सञ्जालमा एक पोस्ट गर्दै रिया चक्रवर्तीलाई आरोप लगाएकी छन् । सामाजिक सञ्जालमा उनले लेखेकी छन् ‘मैले सुशान्तको ज्यान लिइएको र यसमा कुनै एक व्यक्ति जम्मेवार भएको भनेर भनेकी छैन। मैले सधैँ सुशान्तको पक्षमा न्याय खोजेको छु र सधैं उसको परिवारसँगै उभिएकी छु। हामी त यो चाहन्छौँ कि अनुसन्धान अधिकारीहरुले सत्य बाहिर ल्याउन्’।
सुशान्तको निधन पछि अंकितालाई पनि आरोप आएका थिए । उनले आफूमाथि थुप्रै आरोप लगाइएको भए पनि त्यसबारे कुनै प्रतिक्रिया नदिएको प्रस्ट परेकी छन्। उनले सुशान्तको निधन पछि पनि आफु यो घटनामा सकृय हुनुको कारण पनि उनले खुलाएकी छन् । रियाले धेरैपटक सार्वजनिक रुपमा सुशान्त डि प्रे सनमा रहेको कुरा गरेको भन्दै अंकिताले आ प त्ती जनाएकी छन् । उनका अनुसार यदि कोही व्यक्ति डि प्रे सनमा छ भने उसलाई ड्र ग्स कहिले पनि दिइँदैन। यसो गर्दा उसले उस्तै कदम चाल्छ जस्तो कदम सुशान्तले चालेका छन्।
अंकिता रियाको बारेमा भन्छिन्, ‘एकातिर उनले डाक्टरहरुलाई सुशान्तलाई निको पार्न भनेकी थिइन्, अर्कोतर्फ उनी ड्र ग्स को व्यवस्था गरिरहेकी थिइन्। जसले कसैलाई यति धेरै प्रेम गर्दछ, किन उसैले त्यो प्रेम गरेको व्यक्ति ड्र ग्स दिन्छ, जबकी उसको स्वास्थ्य पहिले नै राम्रो छैन।’
अंकिताले रियालाई सत्य लुकाएको भन्दै वास्तविकता बोल्न आग्रह गरेकी छन् । सुशान्त प्रति रियाको ब्यवहार गैर जिम्मेवार भएको अंकिताको आरोप छ । उनी भन्छिन्, ‘रियाले बारम्बार भनिन् कि परिवारलाई सुशान्तको उपचारको बारेमा जानकारी थियो। तर, के उनले परिवारलाई सुशान्तले त्यस्तो कुरा पनि खाइरहेका छन् भन्ने कुरा बताएकी छन् त ? उनले बताइनन् किनभने उनी आफै पनि त्यो औषधी लिएर आनन्द लिइरहेकी थिइन्। ’अंकिताले रियाको पक्राउ उनको कामको परिणाम भएको प्रतिक्रिया दिएकी छन्।