विवाहको भएको एक महिना नपुग्दै मृ,त फेला परिन रुपा

काठमान्डौं : आइतबार बिहान ६ बजेको समयमा पाल्पा स्थित आफ्नै होटलमा मृ’,त फे,ला परेकी २२ वर्षिया रुपा पराजुलीको विवाह भएको एक महिना पनि पुगेको थिएन । जिल्ला प्र’,हरी कार्यालय पाल्पाबाट उनी आइतबार विहान तानसेन नगरपालिका वडा नम्वर १२ को अउला भन्ने स्थानमा रहेको घरदेखि करिव १० मिटर दू,रीमा रहेको रानीमहल हो,टल एण्ड रेष्टू,रेण्टको को,ठामा झु’ण्डिएको अवस्थामा मृ,त फेला परेको सुचना आयो ।

त्यसपछि त्यस घ,टनाका बारेमा नालेबेली खोज्ने क्रममा हामी उनको माइती परिवारको सम्पर्कमा पुग्यौं । उनको माइती घर अर्घाखाँचीको पाणेनी गाउँपालिका वडा नम्वर–३ खिदिम आम्वोट भएको पत्ता लगायौं। मृ,तक रुपाका बाबु दामोदर पराजुली संग सम्पर्क राख्दा छोरीले आफै आ,त्मह,त्या नगरी कसैले ह,त्या गरेर झु,न्ड़ाई दिएको आशंका गरे ।,विवाहको एक महिना नपुग्दै यतिसम्म हिं,सा

बाबु पराजुली भन्छन्–‘मेरो साली माग्न आएपछि पाल्पा तानेसेनका सुन्दर घिमिरेलाई छोरी दिइयो । हामीलाई त्यो केटा कस्तो छ भन्ने थाह थिएन । तर, छोरीकी आफ्नै सानीमा माग्न आएपछि केटा र घर–घरान राम्रै होला भनेर छोरी दिइयो । बैशाख ११ गते हर्ष खुशीका साथ विवाह भयो । दोश्रो दिन उनीहरु धुर्पा,इलो फर्काउन आए । दुबै जना खुशी थिए ।

हामीले खर–खजना सबै कुराको ब्यवस्था मिलाएर घर पठायौं ।’केहि दिन पछि त हामीलाई भन्न अफ्ठ्यारो लागेर छोरीले आफ्नी दिदीसँग श्रीमान चु,रोट खाए चु,रोट र वि,यर पिई छोरीको मुखमा थु,क्ने,पि’ट्न गरेको कुरा रुँदै सुनाउन थालिछन् । हामीले ज्वाइँका दाजुलाई फोन गरेर सम्झायौं । हुन्छ सम्झाउँछु भन्दै हुनुहुन्थ्यो ।’

अ’न्तिम पटक फोन गरेर रोइन् अनि फोन काटियो

पराजुलीले छोरीको अनितम फोन कुराकानीको स्मरण गर्दै थप्छन्–‘अँस्ती साँझ छोरीले फोन गरिन्,सञ्चै हुुनुहन्छ बुवारुउनले सोधिन् । ‘ज्वाँई खै त देउन फोन’ भने । छोरीले ‘मोटरसाइकल लगेर कता हो जानु भएको छ ।’भनेर भनिन् । कुराकानी गर्दा–गर्दै ज्वाँइको मोटर साइकल आयो । हामीले फोनमा सुनिरहेकाछौं । उहाँ मोटरसाइकलबाट ओर्लेर पनि कोठाको चुक्कुल खेलेर भित्र पस्नु भयो । एक छिन पछि ज्वाँँइका दाजुले पछि फोन गर्छ रे भाइले भन्ने जवाफ आयो ।

केहि बेरपछि छोरी फोनमा रुँदै थिईन झ्याप्प फोन का’टियो । त्यस पछि हामी निदाऔं । अर्को दिन विहान छोरी झु’ण्डिएको अवस्थामा फे’ला परेको भन्दै फोन आयो । ज्वाँइले त्यस रेष्टुरेन्न्टमा ट्यापे केटाहरु जम्मा गर्ने र मा’दक प’दार्थहरु खाने पिउने गरेको आरोप पराजुली लगाउँछन् । उनले त्यस्तै ट्यापे केटाहरु लगाएर छोरीको ह’त्या गरि झु’ण्डिएको देखाएको उनको अर्को आ’रोप छ । होटलको ट्रसमा नाम्लाको पासोमा उनी झु’ण्डिएकी थिइन । जबकी त्यो ट्रस भुँइदेखि ९ फिट उचाईको छ । कसरी उनी त्यहाँ पासो लगाउन सक्छिन् रु उनले यस्तो प्रतिप्रश्न गरे ।

उनले छोरीका श्रीमानका परिवार जिल्ला प्र’हरी कार्यालय पाल्पाका एक अधिकृतको नजिकका मान्छे भएको कारण घटना झ्यासमिस पार्न खोजिएको आ’रोप लगाउँदै सञ्चार माध्यमले खबरदारी गरि दिनुपर्ने आग्रह गरे । पाल्पाका सूचना अधिकृत लक्ष्मण पचभैयाका अनुसार हिजो विहान रानीमहल होटल एण्ड रेष्टुरेन्टको कोठामा झु’ण्डिएको अवस्थामा मृ’त फेला परेको सूचना पाउन साथ त्यस कार्यालयबाट प्र’हरी निरीक्षक कै कमाण्डमा खटिएको टोलीले उक्त घ’टना सम्वन्धि अनुसन्धान गरेको थियो ।

भिसरा परिक्षणका लागि पठाइएको र त्यो आएपछि थप अनुसन्धान गरिने जिल्ला प्र,हरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोष कुमार भट्टराइले बताए । २२ बर्षको उमेरमा विवाह भई एक महिना नपुग्दै न जीवन साथीको माया न जीवन हुँदै सदाका लागि यस धर्तिबाट विदा भएकी रुपा खिदिमकै फर्चमाटाकुरा माध्यामिक विद्यालयबाट कक्षा १२ को परिक्षा दिएर बसेकी थिइन् ।

उनले विवाहका दिन हंसमुख चेहरामा फोटा खिचेकी थिइन् भने बेहुलासँगै बसेर अरुलाई फोटा चिच्न समेत लगाउने गरेकी थिइन् । नियतिको बज्रपात । तिनै तस्वीहरु परिवारका लागि अ’न्तिम चिनो बन्न पुगेका छन् । दुई छोरी र एक छोरा मध्ये दामोदर पराजुलीकी उनी दोश्रो सन्तान हुन् । जेठी छोरीको विवाह भइसकेको छ भने मृ,तक रुपाका भाई घर मै छन् । छिट्टै आउँछु , भाई , बाबा , मम्मी भन्दै हिडेकी रुपाको माइती आउने धो’को पनि अ’धुरै रहन पुग्यो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 11 = fifteen