पाथिभरा माताको दर्शन गर्दै हेर्नुस आजको राशिफल ! पाथिभरा माताले आज सबैको कल्याण गरुन ! भदौ २७ गते । शनिबार

ज्योतिषि गणेश काफ्ले । वि.सं.२०७७ साल भदौ २७ गते । शनिबार । ईश्वी सन् २०२० सेप्टेम्बर १२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–दशमी,४४ घडी ०२ पला,बेलुकी ११ बजेर २५ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १० मिनेट । दशमी श्राद्ध।

मेष : छोटो यात्रा भएपनि उपलब्धि कमै हुनेछ । बन्द व्यापारमा समय खर्चिए पनि भनेजस्तो आम्दानि नहुने हुनाले आर्थिक रुपमा पछि परिनेछ । प्रतिष्पर्धामा बढिनै तयारी गरेर सामेल हुनुहोला अरुभन्दा कमजोर साबित हुने योग रहेकोछ । माया प्रेममा अरुकै कुरा सुन्ने बानीले समस्या निम्तन सक्छ । अग्रजबाट हुने फैसला तपाईको तपाईको पक्षमा नहुन सक्छ । दाजुभाई सँग घरायसि कुरामा बिवाद हुने ग्रहयोग रहेकोछ ध्यान दिनुहोला ।

बृष : असजिलो परिश्थितिहरुलाई बुद्धिमता पुर्वक सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने जीवन साथिको सहयोगले उत्पादन मुलक काम गर्न सकिने छ । पारिवारि सभा समारोहका सहभागि भई मिठो मसिलो भो जन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारित तथा फिल्मी क्षेत्रमा समय लगानि गर्नेहरुलो नाम तथा दाम दुबै कमाउने ग्रहयोग रहेकोछ ।

मिथुन : कलात्मक तथा रचना त्मक काम सुरु गरि भविश्यमा आयस्रोतका बाटाहरु सुरक्षित गर्न सकिने छ । राजनीति कर्मीहरुका लागि समय फलदायी रहेकोले पद प्राप्तीको गतिलो योग रहेको छ । व्यापारमा समय लगानी गर्नेहरुले मनग्गे धन कमाउने तथा आर्थिक उन्नति हुने ग्रहयोग रहेकोछ । बिद्यार्थीहरुले खोजमुलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडिहरुका लागि समय उत्तम रहेकोछ ।

कर्कट : समयको गति सँगै बढ्न नसक्दा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारि बिनानै महत्वपुर्ण काम शुरु गर्दा बिग्रने छ ध्यान दिनु उचित होला । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका आजको दिन टाडै रहनु उपयूक्त हुनेछ भने घर परिवारमा आफन्त सँग मानमुटाव सिर्जना हुनेछ । बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने बिदेशी सामानको व्यापार फस्टाएर जानेछ ।

सिंह : सवारी साधन तथा अन्य भौतिक सम्पतिहरु लाभ हुनेछ । पढाई लेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिने छ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ । सरकारि धन तथा पैत्रिक धन सम्पति हात लागि हुने सम्भावना रहेको छ । व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ ।

कन्या : जानकारिको अभावले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार होईने छ । आर्थिक पक्ष कमजोर रहने तथा यहि बेलामा व्यापार व्यावसायमा मन्दि आउनेछ । आम्दानि भन्दा खर्च अधिक हुने हुनाले रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजादा हरुभन्दा पछि परिनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ ।

तुला : समयले साथ दिने हुदा सानो प्रयत्नले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ। धर्म तथा धर्म बिश्तारको लागि समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईको भुमिका महत्वपुर्ण हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा को प्रशस्त सम्भावना रहेकोछ । प्रशासनिक क्षेत्रमा तपाईको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरका लागि समयले साथ दिनेछ ।

बृश्चिक : सत्यता बुझेर अगाडि बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुख पाईनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनु होला । अनाबस्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहने छ । अरु कै कामका लागि समय खर्चनु पर्ने हुदा आफ्नो काम थाति रहनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउनेछ ।

धनु : लामो दुरिको रमाईलो व्यावसायिक यात्रा हुने भए खर्चिलो हुनेछ । माया प्रेम तथा जीवन साथि सँग आत्मियताको कमि हुनेछ भने एक्लो पनको महशुष हुने छ । साझेदारि व्यावसायमा अबिश्वास सिर्जना हुनेछ भने आजको दिन व्यावसा यमा लगानि नगर्नुनै राम्रो रहेकोछ । पढाई लेखाईमा थोरै बढि समय खर्चिय भनेजस्तो नतिजा हात पार्न सकिनेछ । बिलाशि बस्तुको प्रयोग गर्न पाईने योग रहेकोछ ।

मकर : राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईको प्रतिष्पर्धिको रुपमा अरुनै देखा पर्नेछन्। खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैया पैसा नआउने तथा आफन्तलाई दिएको रुपैया पैसाले सत्रुता बढाउनेछ । धन सम्पति हराउने तथा चोरि हुने हुनाले यात्रा गर्दा ख्यालग गर्नुहोला । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने मामा तथा आफन्त सँग बिवाद बढ्नेछ ।

कुम्भ : अध्ययनमा प्रशस्त समय दिन सकिनेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाईको ईमान्दारिताको कदर सबैले गर्नेछन् । बन्द व्यापार फस्टाएर जाने हुनाले मनग्गे लाभ लिन सकिने छ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमता पुर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपाहार प्राप्तीको योग रहेकोछ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रशन्न रहनेछ ।

मीन : माया प्रेममा सामान्य खटपटको योग रहेकोछ भने जीवन साथिको असहयोगले कामहरु समयमा सम्पन्न नहुने योग रहेकोछ । राजनिति तथा समाज सेवामा प्रशस्त समय खर्चिएपनि उपलव्धि न्युन हुनेछ । समय तथा परिस्थितिको अध्य यन विना चल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा लगानि गरे पनि प्रतिफल पाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारी साधन तथा घर जग्गाको कारोबारबाट भनेजस्तो आम्दानी हुनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिने चिन्ताले सताउनेछ । तपाईको दिन शुभ रहोस् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

25 ÷ five =