यी अभिनेत्रीले २ करोड दिदापनि किन गरिनन् मेकअप ? यस्तो छ कारण (तस्बिरसहित)

एजेन्सी : दमदार प्रस्सतुतिका कारण दक्षिण भारतकी अभिनेत्री साई पल्लवी बेहद चर्चित छिन् । उनको दर्शकमाझ एक छुट्टै स्थान बनेको छ । उनको केहि दिन अगाडी २९ औ जन्मदिन परेको थियो । अभिनेत्री साई पल्लवीले अहिलेसम्म तामिल, तेलुगु र मलयालम फिल्महरुमा अभिनय गरिसकेकी छिन् ।

सन २०१५ मा रिलिज भएको फिल्म प्रेमबाट उनले अभिनयको सुरुवात गरेकी थिइन । त्यसपछि कहिलेपनि उनले बिगतलाइ फर्केर हेर्न परेन । साई पल्लबीको एक बिशेषता जसले सबैलाइ प्रभावित पारेको छ । उनि जुनसुकै फिल्महरुमा साधारण र कुनै पनि मेकअप बिना देखा पर्छिन्।

आजको समयमा युवतीहरु बीच एक अर्को भन्दा राम्रो देखिने प्रतिष्पर्धा चलिरहेको छ।साई पल्लवी धरै फिल्महरुमा बिना मेकअप अभिनय गर्छिन्। यदि गर्नै परेमा पनि उनि हल्का मेकअपमा देखिन्छिन्। आजसम्मको फिल्महरुमा प्रायजसो उनि बिना मेकअप नै देखिएकी हुन्छिन् ।

साईले एक अन्तर्वार्तामा भनेकी थिइन्, उनको पहिलो फिल्म प्रेमम मा डाइरेक्टरले उनलाई बिना मेकअप अभिनय गर्न प्रोत्साहन गरेका थिए। त्यसपछि डायरेक्टहरुले पनि उनलाई बिना मेकअप अभिनयको लागी प्रोत्साहन गरेका थिए ।

साई भन्छिन् कि उनी फिल्महरुमा मेकअप नगरी उनी जस्तो सबै केटीहरुको आत्मविश्वास बढाउन चाहन्छिन ।अभिनेत्री साई चर्चामा आउनुको एक बिशेष कारण छ, जब उनलाई एक फेयरनेस क्रीमको विज्ञापनमा अभिनयको लागि अफर गरिएको थियो ।

बिज्ञापनमा अभिनय गरेको २ करोड दिने अफर गरिएको थियो। उनले उक्त्त प्रस्तावलाइ अस्विकार गरेकी थिइन्। उनले भनेकी थिईन कि यस्तो बिज्ञापनबाट मिलेको पैसाले के नै गर्नु छ र रु अगाडी उनले थपिन, “म घर जान्छु, तीन ओटा रोटी र भात खानेछु । मेरो आवश्यकता धेरै कम छ।”

 

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy nine − = seventy six