कोरोना नलागोस भन्दै पाथिभारा देवीको दर्शन गर्दै हेर्नुस आजको राशिफल ! असोज १९ गते । सोमबार

ज्योतिषि डिपि भण्डारी : वि.सं.२०७७ साल असोज १९ गते । सोमबार । ईश्वी सन् २०२० अक्टोबर ०५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–तृतीया ,०३ घडी ५५ पला,बिहान ७ बजेर ३३ मिनेट उप्रान्त चतुर्थी । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४३ मिनेट । विश्व शिक्षक दिवस ।

मेष : राजनीति तथा समाजसेवामा सम्मानजनक स्थान पाउन बढि नै मिहिनेत गर्नु पर्नेछ। परिवारका सदस्य हरुसँग विवाद बढ्ने योग रहेकोछ भने आफन्तहरु टा’डिनेछन् । व्यापार व्यावसायमा लगानी गरे अनुशार प्रतिफल प्राप्त नहुने हुँदा मन खिन्न हुनेछ । माया प्रेममा एक अर्का बीच मन मु’टाव सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ ।

बृष : अन्तर्राष्ट्रिय बजारमा उत्पादित सामानको व्यापार व्यावसाय गर्दा प्रशस्त नाँफा कमाउन सकिनेछ । लामो दुरिको विदेश यात्रा हुनेछ । धार्मिक कार्य तथा सामाजिक कार्यमा खर्च बढे पनि मन खुसी रहनेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिनेछ । तरपनि स्वास्थ्य सम्वन्धी सामान्य समस्याले नसताउला भन्न सकिन्न ।

मिथुन : साथिभाई तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन जोड्न सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्नी विच मायाको डो’रो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारी सम्पती प्रयोग गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

कर्कट : लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपार्ईँको काममा प्रतिस्पर्धा गर्नेहरु आफै किनारा लाग्ने छन् । पढाइ लेखाइमा प्रसस्त समय दिन सकिने हुदा भने जस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिका बढोत्तरीको गतिलो योग रहेकोछ । लगनशिल तथा ईमान्दारीताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ ।

सिंह : सुरु गरीएका सामाजिक कामहरु समयमा नै सम्पन्न हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ। विशिष्ट व्याक्ती हरुलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । व्यापार व्यावसायमा थोरै लगानी गर्दा पनि मनग्गे आर्जन गर्न सकि नेछ भने समयले साथ दिने हुँदा पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानमा समय लगानी गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।

कन्या : व्यापार व्यावसाय तथा शेयर बजार जस्ता क्षेत्रमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिने छ । पुराना तथा था’ति रहेका कामहरु सुचारु हुने छन् भने नयाँ काम गरी मनग्गे धन संग्रह गर्न सकिन्छ । अध्ययन अध्यापनमा सुधार गरी पुरस्कार तथा प्रशङशा पत्र जित्न सकिन्छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दिदि बहिनीहरुको सहयोग पाइने हुँदा कामहरु समयमा नै सम्पन्न गर्न सकिनेछ ।

तुला : पारिवारीक स’म्वन्ध, दा’म्पत्य जीवन तथा माया प्रे’ममा सा’मिप्यता बढेर जाने छ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुने छ । लामो तथा रमाईलो यात्रा हुने हुदा मन प्रशन्न हुने छ । पारिवारीक जम घटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपार्ईँले सोचेजस्तै राम्रो हुनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्राप्तीको गतिलो योग रहेको छ ।

बृश्चिक : काममा अनयासै हस्तक्षेप गर्नेहरुलाई किनारा लगाउदै अगाडि बढ्न सकिनेछ । अदालती निर्णयहरु तपार्ईँकै पक्षमा आउनेछन् भने विवादित विषयहरु आफ्नै पक्षमा फैसला गराउन सकिनेछ । अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउन सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका स्रोतहरु फराकिला हुदै जानेछन् । प्रे’म तथा मित्रताको व’न्धन कसिलो हुनुको साथै जीवन साथिको हरेका पाईलामा समर्थन पाइने योग रहेकोछ ।

धनु : पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रे’मका कोपिलाहरु फक्रिएर जानेछन् भने नया ठाउबाट प्रे’म प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आक स्मिक धन सम्पती हात लागी हुने योग रहेकोछ । पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपार्ईँको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन् ।

मकर : प्रयत्न गर्दा महत्पपूर्ण कामहरु सम्पादन हुनेछन् । पछी सम्म लाभ हुने व्यापार व्यावसाय सुरु गर्न सकिनेछ । आम्दानी बढ्ने हुदा लगानी गर्ने अवसर जुर्नेछ । आफन्त तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रे’म प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । कृषि सहकारी व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी बढाउन सकिनेछ ।

कुम्भ : अदा’लती तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । दाजुभाई तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथीको स’म्बन्ध थप प्रगाड भएर जानेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना भएपनि यात्राका क्रममा ध्यान दिनु जरुरी छ । पढाइ लेखाइमा सुधार गर्न सकिने तथा नतिजा हात पार्न सकिनेछ ।

मीन : बोलिको प्रभाव बढ्ने हुनाले महत्वपूर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुने छ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुने छ । पति पत्नी विच विश्वासको वातावरण बढ्ने तथा माया प्रे’ममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ ।

तपाईको दिन शुभ रहोस् । यूवा ज्योतिषि डिपि भण्डारी, ज्योतिष परामर्ष सेवा केन्द्र चाबहिल, काठमाडौं फोन न.९८०८३०७२७५ नोट: चिना तथा टिप्पन वनाउँन,चिना हेराउँन तथा वास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 7 = one