अध्यक्ष ओलीको आह्वान सकारात्मक : योगेश भट्टराई

एमाले नेता योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि सर्वाजनिक वक्तव्य मार्फत गरेको आव्हानलाई सकारात्मक भएको बताएका छन् ।

उनले भनेका छन्, ‘सारमा अध्यक्षको वक्तव्यले पार्टीको शीर्ष नेतृत्वका बिचमा सार्थक संबाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षा गर्दछु । हजार माइलको यात्रा पहिलो पाइलाबाट नै शुरु हुन्छ ।’

यस्तो छ भट्टराईको भनाइ

नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक वक्तव्य मार्फत गर्नु भएको आह्वन मुलत सकारात्मक छ । कार्यदल स्तरको छलफललाई यो वक्तव्यले पुन: निरन्तरता दिन बाटो खुलेको छ ।

पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप विषयहरुलाई समाधान गर्ने छ । सर्वाेच्चमा विचाराधिन विषयमा सबै संभावनालाई ख्याल गर्दै र मूलत संविधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्ष पुग्नु उपयुक्त हुनेछ ।

सारमा अध्यक्षको वक्तव्यले पार्टीको शीर्ष नेतृत्वका बीचमा सार्थक संवाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षा गर्दछु । हजार माइलको यात्रा पहिलो पाइलाबाट नै शुरु हुन्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ fifty six = sixty three