काठमाडौं । नेपाली गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आईरहेका छन । यस्तै यतिबेला आहा टिभीले बहुप्रतिक्षित गितका म्युजिक भिडियो बजारमा ल्याउने गरेको देखिन्छ ।
“हेर यो मुटुमा चिरा पर्याछ”गीतको अपार सफलतापछि सर्जक संचारकर्मी तथा मोडल चिरन्जीवी सापकोटालाई पछि भने फर्केर हेर्नु परेन ।सापकोटा अभिनित म्युजिक भिडियो बजारमा एक पछि अर्को आईरहेका छन् भने केहि आउने तयारीमा रहेका छन् ।
कतिपय म्युजिक भिडियो निकै नै लोकप्रिय बनेका छन् । यसै सन्दर्भमा टिकटकमा सर्वाधिक चर्चा कमाएको गित”धुरुरु”को अफिसियल म्युजिक भिडियोले निकै नै चर्चा कमाएको छ । भखरै मात्र सार्वजनिक भएको सो म्युजिक भिडियो यतिबेला युटुबको ट्रेडिङ लिस्टमा रहेको छ । यो समाचार तयार पार्दासम्म ट्रेडिङ ३१ मा रहेको छ भने १ लाख ७० हजार भन्दा माथि दर्शक स्रोताको नजरमा परिसकेको छ ।
लोकप्रिय सर्जक बादल थापाको शब्द संगित तथा स्वरमा तयार भएको गितको म्युजिक भिडियो निर्देशक सृजन बरालले निर्देशन गरेका छन् । बादल थापाका स्वरमा रहेका हरेक गितले उत्तिकै चर्चा कमाएको छ ।
यो गितले पनि छोटो समयमा निकै चर्चा कमाएको छ । दिपक गिरीले छायाँकन गरेको म्युजिक भिडियो सम्पादन अमृत चापागाईले गरेका हुन् भने म्युजिक भिडियोमा चिरन्जीवी सापकोटा,क्रिस्टिना केसी,शिशिर भण्डारी र सुबास बजगाईको अभिनय रहेको छ । म्युजिक भिडियो निकै नै कारुणिक रहेको छ ।