आज असार ८ गते मंगलबार: कुन राशिलाई शुभ र कुनलाई असुभ ? हेर्नुहोस आजको राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

दिनभरि आफन्त र मित्रसँग आनन्दमय समय बिताउनु हुन्छ। नयाँ वस्त्र तथा कपडा खरिद गर्नुहुन्छ। सामाजिक रुपले मान(सम्मान प्राप्त गर्नुहुनेछ। नयाँ सम्बन्ध बनाउनु भन्दा अगाडी सोच्नु होला। अत्यधिक खर्च होला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

व्यवसायीको लागि लाभदायी दिन छ। पारिवारिक वातावरण सुख शान्तिपूर्ण रहला। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। व्यवसायिक स्थलमा सहकर्मीको सहयोग प्राप्त हुनेछ। मध्यान्नपछि आनन्द लुट्न सक्नुहुनेछ। छोटो यात्रा हुन सक्ला।

मिथुन( का, कि, कु, घ, ङ, छ, के, को, ह

दिन मध्यम फलदायी छ । नयाँ कामको प्रारम्भ नगर्नुहोला। बौद्धिक चर्चाको लागि शुभ दिन छैन। मध्यान्नपछि घरायसी वातावरण सुखशान्तिमय रहला। त्यसैले मानसिक रूपले प्रफुल्लित अनुभव गर्नुहुनेछ। शारीरिक स्वास्थ्यमा सुधार हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मानसिक र शारीरिक दुवै प्रकारले निराश रहनुहुन्छ। आमाको स्वास्थ्य बिग्रन सक्ला। वैचारिक स्तरमा विचलित नहुनुहोला। मध्यान्नपछि शारीरिक रूपले प्रसन्न अनुभव होला। नयाँ काममा सफलता प्राप्त होला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

धार्मिक यात्रा होला। नयाँ कामको प्रारम्भ नगर्नुहोला। विदेशबाट लाभदायी समाचार मिल्ने योग छ। मध्यान्नपछि अधिक भावनाशील बनुहुन्छ। त्यसैले मनमा निराश भावना रहनेछ। स्वास्थ्य बिग्रन सक्छ। आमाको स्वास्थ्यको विषयमा ध्यान राख्नुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कुनै प्रकारको निर्णयात्मक स्थितिमा नपुग्दा नयाँ काम प्रारम्भ गर्न उचित समय छैन। मौन रहेर दिन बिताउनु नै उत्तम साबित हुन्छ। शारीरिक र मानसिक रूपले स्वास्थ्य मध्यम रहनेछ। घरको सदस्यसँग बसेर महत्त्वपूर्ण विषयमा निर्णय लिनुहुन्छ। भाग्यवृद्धिको दिन छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

सन्तुलित र दृढ वैचारिकताका साथ दिन प्रारम्भ हुनेछ। शारीरिक र मानसिक स्वास्थ्य प्रति ध्यान राख्नुहोला। मध्यान्नपछि मानसिक रुपले अनिर्णयको स्थितिमा रहनेछ। आवश्यक निर्णय नलिनुहोला। नयाँ कपडा र गहना किन्दा पैसा खर्च हुन्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आध्यात्मिक र ईश्वरको भक्तिले मन शान्त रहनेछ। मनमा उठेको नकारात्मक भावनाको बारेमा ध्यान राख्नुहोला। शारीरिक स्वास्थ्य बिग्रन सक्ला। मध्यान्न पश्चात कार्यपूर्ति हुन्छ। शारीरिक र मानसिक रुपले स्वस्थ महसूस गर्नुहुन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आय वृद्धि होला। सामाजिक काममा भाग नलिनुहोला। मान(सम्मान एवम् आय वृद्धि होला। व्यापारबाट लाभ होला। शारीरिक स्वास्थ्य बिग्रन सक्ला। आम्दानी भन्दा अधिक खर्च हुनेछ। बोलीमा ध्यान राख्नुहोला। कसैसँग झगडा हुन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

स्थायी सम्पतिमा दस्तावेज गर्नको लागि शुभ दिन छ। व्यवसायिक क्षेत्रमा सफलता मिल्नेछ। तपाईलाई उच्च अधिकारी वर्गले प्रोत्साहित गर्नेछ। पदोन्नतिको योग छ। पारिवारिक वातावरण आनन्दपूर्ण रहनेछ। सामाजिक तथा आर्थिक क्षेत्रबाट लाभ होला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

दिन व्यवसायिक वर्गको लागि राम्रो छैन। उच्च अधिकारीसँग कुराकानी गर्दा ध्यानपुर्वक गर्नुहोला। सन्तानको विषयमा चिन्ता रहनेछ। लामो समयको यात्राको योजना बनाउन सक्नुहुन्छ। धार्मिक स्थलको यात्रा होला। मध्यान्नपछि व्यवसायिक स्थलमा वातावरण अनुकूल रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

कसैसँग वाद विवाद वा झ,गडा नगर्नुहोला। सुखमय विषयमा रुचि रहनेछ। गहन चिन्तनले मनलाई शान्ति प्रदान गर्नेछ। मध्यान्नपछि समय अनुकुल हुनेछ। बौद्धिक रूपले लेखन कार्यमा सक्रिय रहन पाउनुहुनेछ। व्यवसायिक स्थलमा सम्हालेर चल्नुहोला।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

56 ÷ = seven