काठमाडौं उपत्यकामा नयाँ रेकर्ड, आजै मात्र थपिए २५४० नयाँ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ४० संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ५ सय ४० संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र २ हजार ८५ जना संक्रमित थपिएका छन् भने ललितपुरमा ३ सय २० जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १ सय ३५ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ३६ हजार १ सय ६३ पुगेको छ । यसमध्ये काठमाडौमा २८ हजार ९ सय २, ललितपुरमा ३ हजार ७ सय ५३ं जना र भक्तपुरमा २ हजार ९ सय ३९ जना संक्रमित छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety − = 82