आज असार १७ गते विहिवार तपाईको राशिफल पढ्नुहोस !

मेष– भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । अभिप्रेरणा जगाउनेहरू पनि प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला ।

वृष– प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । यात्रामा विशेष लाभ होला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सकिनेछ । बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन् । टाढाको यात्राको संभावना छ ।

मिथुन– टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । कामको तारिफ हुनाले उत्साह बढ्नेछ । स्तारै सोचेको काम बन्नेछ । नाम, दाम र इनाम कमाउने समय छ । रोगले पनि सताउने देखिन्छ ।
कर्कट– केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । सोचेको काम पनि नबन्न सक्छ । भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । तापनि प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ ।

सिंह– आयआर्जनका स्रोत बढ्नेछन्, व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । केही समस्या निम्त्याए पनि इच्छाशक्ति एवं मेहनतले राम्रो फाइदा दिलाउनेछ ।

कन्या– लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । नयाँ व्यवसाय सुरु गर्ने मौका छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रुपैयापैसाको कारोबार हुने देखिन्छ ।

तुला– भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ ।

वृश्चिक– आर्जित धन खर्च हुन सक्छ । तर आफ्नै प्रयासले लाभ मिल्न सक्छ । प्रतिस्पर्धीलाई हराउन सकिनेछ । उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुनेछ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ ।

धनु– आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएको काम दोहोर्याउँदा लाभ हुनेछ ।

मकर– आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् ।

कुम्भ– कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । समस्या थपिन सक्छन् । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । खर्च लागे पनि दिगो आयस्रोत जुताउन सकिनेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिनेछन् ।

मीन– चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट विशेष लाभ उठाउने अवसर प्राप्त हुनेछ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

26 − nineteen =