अनमोल केसी पनि समाज सेवामा, फ्रन्टलाइन वर्करका लागि आफैले बनाए खाना !

काठमाडौं । देशले करीब डेढ वर्षदेखि कोरोना महामारी भोगिरहेको छ। जेठ अन्तिमपछि संक्रमण दर घट्दै गएपनि सर्वसाधारणमा त्रास घटेको छैन। अर्कोतिर बर्खायाम सुरु भएसँगै बाढी र पहिरोका कारण ठाउँ-ठाउँमा ठूलो जनधनको क्षति भएको छ ।

यो समयमा नेपाली फिल्मका धेरै कलाकारहरुले कोरोना पीडित र बाढी-पहिरो पीडितलाई आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन् ।तर, नेपाली फिल्मका केही ‘स्टार’ कलाकारहरु भने देशले भोगिरहेको यो विषम परिस्थितिमा मौनता साँधेर बसेका छन् ।

यसमध्ये एक हुन्, अनमोल केसी । फिल्म रिलिज हुने समयमा दर्शकलाई ‘भगवान’ को दर्जा दिने अनमोलले आज तिनै दर्शक समस्यामा पर्दा कुनै प्रकारको सहयोग नगरेको भन्दै यतिबेला उनको आलोचना भइरहेको छ ।

यस्तैमा उनले सोमवार निर्जला एकादशीका दिन स्वास्थ्यकर्मी र फ्रन्ट लाइनमा रहेर काम गर्नेलाई खाना बनाउँदै गरेको एक तस्विर आफ्नो इन्स्टाग्राम स्टोरीमा पोस्ट्याएका छन् ।

भगवान कृष्णका भक्त रहेका अनमोल बुढानिलकण्ठस्थित राधाकृष्ण मन्दिरमा पूजाआजाका लागि पुगिरहेका हुन्छन् । अब भने उनी पनि सामाजिक सेवामा लागेका हुन की भन्ने अनुमान धेरैले गरेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ seventy five = 79