काठमान्डौं । चर्चित गायिकाहरु ज्योती मगर र रितिका कुँवरको तीज बिशेष गीत “मितिनी” बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ ।
गायिका रितिका कुँवरको अध्यक्षता र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व केन्द्रिय अध्यक्ष चन्द्र शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बिशेष अतिथीको रुपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष बद्री पंगेनी, अतिथीहरु राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपाध्यक्ष दिपक खड्का, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सचिव कृष्ण रेउले, रोयल्टी संकलन समाजका सदस्य सुमन बैरागी लगायत रहेका थिए ।
कार्यक्रममा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा गायिका ज्योती मगरले स्वागत मन्तब्य राखेकी थिईन् । कार्यक्रमको सञ्चालन दिलिप पौडेलले गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए ।
कार्यक्रममा वक्ताहरुले मितीनी गीतलाई सफलताको शुभकामना दिदै मौलिक तीज गीत भएको भन्दै आगामी दिनमा पनि यस्तै गीतहरु निर्माण गर्न र छाडा गीतहरु नगर्न ज्योती मगरलाई सुझाव दिएका थिए । मितीनी गीतमा ज्योती मगर र रितिका कुँवरको स्वर रहेको छ । शरद पाण्डेको शब्द, संगीत रहेको छ भने योगेश काजीले संगीत संयोजन गरेका हुन् ।
चर्चित नृत्य निर्देशक एबं मोडल शंकर बिसीको निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, नविन घर्ती मगरको सम्पादन रहेको छ । यस गीतलाई रिजान नेपालको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियोमा ज्योती मगर र रितिका कुँवरको अभिनय रहेको छ ।
सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला :