पशुपति शर्माको नयाँ गित दाजुभाईले हुबहु राजु आरडीको भिडियो चोरोको आरोप ! मुद्दा हाल्ने तयारी (भिडियो हेर्नुस्)

काठमाडौं। नेपाली लोक दोहोरी गायक राजु आरडीले गाएको गीतको भिडियो चो री भएको छ। करिब दुई हप्ताअघि गायक आरडीले बजारमा ल्याएको गीत ‘दमौली काटेर लम्जुङ’मा समावेश गरिएको भिडियोको केही अंश चो री भएको भन्दै गायक राजु आरडीले आ प त्ति जनाएका छन् ।

गायक पशुपति शर्मा, राजु ढकाल, अर्जुन सापकोटालगायतले गाएको गीतमा आरडीले गाएको गीतको भिडियो चो री भएको हो । आर डीको गीतमा प्रयोग गरिएको भिडियोको केही अंश हुबहु शर्मालगायतले गाएको ‘दाजुभाई तिज’ मा प्रयोग भएको छ । दुबै भिडियोका निर्देशक मदन खड्का नै भएपनि आर डीको सहमतिविना खड्का र सापकोटाको मिलेमतोमा उक्त भिडियोको अंश चोरी भएको आरडीले आ रो प लगाएका छन् । लाखौं खर्च गरेर बनाएको उक्त भिडियो जस्ताको त्यस्तै चो री भएपछि मुख्य लगानीकर्ता मारमा पर्ने देखिन्छ । गायक आरडीले का नू नी उपचार खोज्ने पनि बताएका छन् ।

आफ्नो गीतको भिडियो चो री भएपछि सामाजिक सञ्जालमार्फत् आरडीले भनेका छन्,‘मेरो गीतको भिडियो फुटेज जस्ताको तस्तै मेरो अनुमति बिना समाबेश गरिएको छ।’ उनले आफ्नो आफ्नो गीतको भिडियो चो रीको छानबिन गर्न समेत माग गरेका छन्। यसैबिषयमा गायक आरडीले भने,‘गायक शर्मालगायतले गाएको गीतमा मेरो गीतको भिडियो चोरी भएको छ, सम्बन्धित पक्षले यसको सत्य छानबिन गरोस्, होइन भने म का नू नी उपचार खोज्न बाध्य हुनेछु ।’ भिडियो हेर्नुस्

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ two = four