काठमाडौँ । रिबिसु मिडियालेुस्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ आयोजना गर्ने भएको भएको छ । भदौ २३ गतेका दिन पत्रकार सम्मेलन गरी सो अवार्ड कार्यक्रम हुने घोषणा गरिएको हो ।
अवार्ड ८४ बिधामा गर्न लागिएको र अवार्डको लागि भाद्र २४ देखी असोज ५ गतेसम्म फारम खुल्ला रहने छ । आयोजक टिमका अनुसार फिल्मका निर्देशक, कलाकार, प्राविधिक साथै सांगीतिक र चलचित्र क्षेत्रमा विशिष्ट योगदान दिनेहरुलाई प्रोत्साहन र सम्मान गरिनेछ ।
अवार्डमा दुई दशक भन्दा लामो समय बिताएका एक श्रष्टालाई नगद सहित लाइफटाइम एचिभमेन्ट अवार्ड द्धारा सम्मान गरिने आयोजक पक्षले जनाएको छ ।
को,रोनाको महा,मारीले सुस्ताएको गीत संगीत र त्यस सँग सम्बन्धित सबै पक्षलाई समिटेर यस अवार्ड गर्न लागिएको गर्न लागिएको र यस क्षेत्रमा योगदान पुर्याउनुहुने सबैलाई सम्मान, हौसला, प्रेरणा साथै अवार्ड समेत प्रदान गरिने रिबिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले बताए । अध्यक्ष लोप्चनले समाजमा विशेष योगदान दिदै आएका व्यक्तीहरुलाई सम्मान गरिने बताए ।
अवार्डमा २०७७ र ०७८ भित्रका गीत संगीतलाई समावेश गरिने छ भने चलचित्रको हकमा २०७३ देखी हालः सम्म बनेका चलचित्रलाई समावेश गरिनेछ । फारक दर्ता शुल्क एक हजार रुपैया लाग्ने र एस. एम. एस. भोटिङ्बाट आएको अंकलाई ५० % र जुरिको निर्णय ५० % हुने आयोजक टिमले बताएको छ ।
कार्यक्रममा मिडिया संयोजकको भुमिका पत्रकार प्रकाश बराईलि “अभिव्यक्ती” ले निर्वाह गरेका थिए । आवेदनको लागि ९८५११४७३८६, ९८४१६१७९९७६ र ९८६९२०७५१८ मा सम्पर्क गर्न सकिने आयोजक पक्षले बताएको छ ।
अवार्ड कार्यक्रम भने २०७८ असोज १६ गते समापन गरिने आयोजक टिमले बताए । कार्यक्रममा प्रमुख आतिथ्यताको रुपमा सम्बोधन गर्दै निर्देशक सोम कुस्कुमाझीले चलचित्र र सांगीतिक क्षेत्रलाई प्रोत्साहन गर्न अवार्ड आयोजना गर्नु राम्रो कार्य रहेको बताए । कार्यक्रममा कलाकार, पत्रकार एबं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।