l! गजल !l
शितल पवन खोज्दा बेदनाको भुमरी चल्यो।
मडारिदै दुस्खहरु जिन्दगीको वरिपरि चल्यो।
मानेनन् बस्न पोखरी बनेर नयनमा पानी,
आशुको वर्षात खहरे बनी गहभरी चल्यो।
बोझको भारी बिसाउने चौतारी नभेटिँदा,
थकानले मनभित्र पसिनाको झरी चल्यो।
अन्यायको विरुद्ध आवाज कहाँ गई उठाउँ,
अदालतमा वकिलहरुकै कचहरी चल्यो।
अचानो बनी घातका चोट सहिरहँदा पनि,
आफन्तकै घरभित्र कुरा नानाथरी चल्यो।
✍️गोमा भट्टराई (मोरङ)
Facebook Comments Box