टिकटकबाट सार्वधिक चर्चा कमाएकी रेश्मा धेरै क्युट (हेरौं तस्विरहरु)

काठमान्डौं : टिकटक भिडियोमार्फत चर्चामा आएकी रेश्मा घिमिरेले एउटा फिल्म पनि खेलेकी थिइन् । म्युजिकल लभ स्टोरी भनिएको फिल्म ‘यो साइनो मायाको’ खासै चलेन । उनी सामाजिक सञ्जालमा खुबै सक्रिय छिन् । इन्स्टाग्राममा पनि उनका १ लाख ६५ हजारभन्दा बढी फलोअर छन् ।

लभ स्टोरी यो चलचित्रमा रेश्माले जतिन ताम्राकारसँग रोमान्स गरेकी छिन् । रेश्मा चलचित्र क्षेत्रमा मात्र आवद्ध छैनन् । उनी, नर्स, गायिका, मोडल र नायिका पनि हुन् ।

टिकटक भिडियोका माध्यमबाट खुबै चर्चामा आएकी रेश्माका हजारौँ फ्यान छन् । नर्सिङकी विद्यार्थी रेश्मा उक्त फिल्ममा त खासै जमिनन् बरु उनी सामाजिक सञ्चालबाट चम्किन् । उनले सामाजिक सञ्जालमा निरन्तर आफूलाई अपडेट राखिरहेकी हुन्छिन् ।

केही समयअघि उनले अभिनय गरेको म्युजिक भिडियो इन्स्टाको फोटो त ‘भाइरल’ नै भयो । तर पछि उक्त गीतलाई गायक कालीप्रसाद बास्कोटाले विदेशी गीतबाट चोरी गरेको भन्ने खुलेपछि गीतको चर्चा कम हुन थाल्यो ।

सामाजिक सञ्जालका माध्यमबाट आफूलाई सेलिब्रेटी बनाएकी रेश्माका केही तस्वीर हेरौँ

रेश्माका अनुसार नर्सिङ र चलचित्र दुई धारका पेशालाई अगाडि बढाउन सजिलो छैन ।

चलचित्र ‘यो साइनो मायाको’मा आफू साधारण यूवतीको कथामा देखिएको भन्दै उनले यसमा आफूले प्रेमीलाई साथ दिएको बताइन् । सुटिङको समयमा साना(साना बच्चाहरु अटोग्राफ भनेर आउँदा छुट्टै आनन्दको महशुश हुने उनले बताइन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 43 = forty six