अफ्रिकी महिलाले राखिन् विश्व रेकर्ड ! एकैपटक दिईन १० बच्चालाई जन्म

प्रिटोरिया । दक्षिण अफ्रिकाकी एक महिलाले एकैपटकमा १० वटा बच्चालाई जन्म दिएर विश्व कीर्तिमान राखेकी छिन् । बीबीसीका अनुसार गोसियामी थामराले सात छोरा र तीन छोरीलाई जन्म दिएकी हुन् । ‘म धेरै खुशि छु, भावुक पनि ।

म धेरै कुरा गर्न सक्दिन’ ती महिलाका पति तेबेहो सोतेत्सीले पत्नीले बच्चा जन्माएपछि सोमबार राती प्रिटोरिया समाचार एन्जेसीसँग भने ।

३७ वर्षकी ती महिलाले यसअघि जुम्ल्यहा बच्चा जन्माएकी थिइन् र उनीहरुको उमेर अहिले ६ वर्ष पुगेको छ ।

सिजेरियन विधिबाट बच्चा जन्माएपछि आफू स्वस्थ रहेको ती महिलाले जनाएकी छिन् । गिनिज विश्व रेकर्डले गोसियामीको उक्त केसबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

यसअघि मोरक्कोमा एकैपटक ८ बच्चा जन्माएकी महिलाको विश्व कीर्तिमान अहिले पनि कायमै छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ four = 13