चीनमा धेरै पुरुषले पाएनन् बिहे गर्ने केटी, बहुपति प्रथामा जान सुझाव !

काठमान्डौं । हिन्दु धर्मशास्त्रका अनुसार द्रौपदीको विवाह पाँच पाण्डवसँग भएको थियो । नेपालको उत्तरी जिल्ला हुम्लामा बस्ने केही जातिहरुमा अहिले पनि यस्तो बहुपति प्रथा कायमै छ ।

एकजना महिलाले एकसाथ धेरै जना पुरुषसँग बिहे गर्ने र सबैसँग पालैपालो दिन बिताउने भन्ने कुरा आधुनिक समाजमा निकै असभ्य तथा अपत्यारिलो लाग्न सक्दछ । तर परम्पराको नाममा यस्तो प्रथा हाम्रै समाजमा चलिरहेको छ । उता चीनमा समेत एकजना अर्थशास्त्रीले पुरुषहरुको बिहे नहुने समस्या समाधानका लागि बहुपति प्रथा अबलम्बन गर्नुपर्ने सुझाव दिएका छन् ।

वास्तवमा सन् १९८० मा एक सन्तान नीति अबलम्बन गरेसँगै चीन आर्थिक रुपमा विकाशको फड्को त मार्‍यो तर लिंग अनुपातमा यसको ठूलो असर परेको छ ।

चीनमा रुढीवादी सोचयुक्त मानिसहरुले एउटा मात्र सन्तान जन्माउन पाइने भएसँगै छोरा मात्र जन्माउन थाले । जसका कारण त्यहाँ छोरीहरुको संख्या निकै कम भयो । त्यसैले चीनमा अहिले विवाह योग्य उमेरका धेरै युवकहरुलाई बिहे गर्नका लागि बेहुली पाउन मुस्किल परिरहेको छ ।

उक्त समस्या समाधानका लागि कांग एनजी नामक चिनियाँ अर्थशास्त्रीले निकै अनौठो उपाय सुझाएका छन् ।

उनले तिब्बतमा सदियौँदेखि चलिआएको बहुपति प्रथालाई चीनभर अबलम्बन गर्नुपर्ने सुझाव दिएका छन् ।

उनका अनुसार अहिले चीनमा लिंगानुपात निकै धेरै छ, जसका कारण कैयन् युवकहरुको बिहे हुन पाएको छैन । अवस्था यस्तो कछ कि कतिपय छिमेकी देशबाट बिहेकै लागि भनेर महिलाहरुको तस्करी चीनमा हुने गरेका घट,ना पनि सार्वजनिक हुने गरेका छन् ।

यदि चीनमा पुरुषहरुले बिहेका लागि महिला नपाउने र अविवाहित नै रहनुपर्ने समस्याको समाधान भएन भने त्यसले सन्तान उत्पादन कम हुनेछ र अन्ततः चीनको अर्थव्यवस्थामा त्यसको प्रभाव पर्नेछ । यद्यपि चीनले एक सन्तान नीति खारेज गर्दै अहिले तीन सन्तान नीति अख्तियार गरिसकेको छ । तर विवाहयोग्य उमेरका छोरीहरुको संख्या निकै कम हुनाले पुरुषहरु अविवाहित नै रहनुपर्दा कहाँबाट तीन सन्तान जन्मिनु रु

प्राध्यापक यी कांग एनजीले चीनको यो समस्याको समाधानका लागि सिफारिस गरेको बहुपति प्रथा निकै अनौठो प्रथा हो । उक्त परम्परा अनुसार एकजना स्त्रीको विवाह परिवारका दुई वा त्यसभन्दा बढी दाजुभाइसँग गराइन्छ ।

यद्यपि विवाह समारोहमा भने जेठो दाइले मात्र सबै प्रक्रिया पूरा गर्दछ । बिहेपश्चात् चाहिँ बेहुली सबै भाइहरुकी साझा बन्दछिन् सबैसँग लोग्नेस्वास्नीको सम्बन्ध कायम गर्नुपर्दछ । त्यसरी जन्मिएका बच्चाहरु पनि सबैका साझा बन्दछन्, किनकि वास्तविक जैविक पिता को हो रु भन्ने पत्ता लगाउन पनि कठिन हुन्छ ।

अर्थशास्त्री प्राध्यापकको यस्तो सुझावले चीनमा एक प्रकारको चर्चा र विवादको सिर्जना गरेको छ अहिले । यदि केटा र केटी दुवै पक्ष यसमा सहमत हुनेहो भने यो प्रथालाई अपनाउन सकिने उनको तर्क छ । विवाह नहुनु, निसन्तान हुनु तथा खराब अर्थतन्त्र भएको देशको नागरिक हुनुभन्दा यो उत्तम उपाय भएको उनको मत छ ।

एजेन्सीको सहायेगमा:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× eight = fifty six