Video : पर्थबिरुद्ध सन्दिपको चमत्कारी बलिङ हेर्न छुटाउनु भयो भने हेर्नुस खेलको हाईलाईट

काठमाण्डाै : बिग बाश क्रिकेट लिगमा नेपालका सन्दीप लामिछाने आबद्ध होबार्ट हरिकेन्स पर्थ स्कोर्चर्ससँग २२ रनले पराजित भएको छ ।
मेलबर्नको डकल्याण्डस् मैदानमा स्कोर्चर्सले दिएको एक सय ८० रनको लक्ष्य पछ्याउने क्रममा सन्दीप आबद्ध होबार्ट हरिकेन्सले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ५७ रन मात्रै बनाउन सक्यो ।

हरिकेन्सका लागि डार्सी शर्टले ४३, पेटर ह्याण्डस्कम्बले ३०, टिम डेभिडले २७ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङतर्फ स्कोर्चर्सका लागि झे रिचार्डसनले एक्लैले चार विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको स्कोर्चर्सले निर्धारित ओभरमा आठ विकेट गुमाउँदै एक सय ७९ रन बनायो । स्कोर्चर्सका लागि जोश इन्ग्लिसले ५८ रन बनाए । त्यस्तै झे रिचार्डसनले २९ र लायम लिभिङस्टनले २६ रनको योगदान गरे ।

हरिकेन्सका लागि नाथन इलिसले चार विकेट लिँदा सन्दीपले दुई विकेट हात पारे । उनले ४ ओभर बलिङ गर्दै ४ बल डट राखेर २७ रन खर्चिँदै २ विकेट हात पारे । खेलको छैटौँ ओभरमा आफ्नो स्पेलको पहिलो ओभर गरेका सन्दीपले १० रन खर्चिएर १ विकेट हात पारे ।

ओभरको पहिलो बलमा लिम लिभिङस्टोनले छक्का प्रहार गरे । दोस्रो बलमा लिभङस्टोन र तेस्रो बलमा जोसस इङ्लिसले समान १–१ रन प्रहार गरे । चौथो बलमा विकेट प्राप्त भयो । लामिछानेले लिभिङस्टोनलाई व्यक्तिगत २६ रनमा डेविड मलानबाट क्याच गराए । पाँचौं बलमा लेग बाईका रूपमा एक रन प्राप्त हँुदा छौटौं बलमा इङलिसले १ रन प्रहार गरे । आठौं ओभरमा आफ्नो दोस्रो ओभर लिएर आएका सन्दीपले ५ रन खर्चिएर १ विकेट हात पारे ।

ओभरको पहिलो बलमा इङ्लिस र दोस्रो बलमा मिचेल मार्सले समान १–१ रन प्रहार गरे । तेस्रो इङ्लिसले १ रन प्रहार गर्दा चौथो बल डट रह्यो । पाँचौँ बलमा विकेट प्राप्त भयो । उनले मार्सलाई व्यक्तिगत ७ रनमा एलबिडब्ल्युको सिकार बनाए । छैटौं बलमा एस्टोन टर्नरले २ रन प्रहार गरे । ११ औं ओभरमा आफ्नो तेस्रो ओभर लिएर आएका सन्दीपले ७ रन खर्चिए ।

उनको पहिलो पहिलो र दोस्रो बलमा इङ्लिसले क्रमशः २ र १ रन प्रहार गरे । तेस्रो, चौथो, पाँचौँ र छैटौँ बलमा टर्नर र इङ्लिसले १–१ रन प्रहार गरे । १३औं ओभरमा आफ्नो स्पेलको अन्तिम ओभर बलिङ गरेका सन्दीपले ६ रन खर्चिए । ओभरको पहिलो र दोस्रो बल डट रहँदा तेस्रो बलमा टर्नरले चौका प्रहार गरे । चौथो बल डट हुँदा पाँचौँ बलमा टर्नर र अन्तिम बलमा इङलिसले समान १–१ रन प्रहार गरे ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine + one =