खुसीको खबर ! अलमुताइरी नै तीन वर्षसम्म नेपाली फुटबलको प्रशिक्षक

काठमाडौं । अब्दुल्लाह अलमुताइरी नै नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको रुपमा रहने भएका छन् ।

उनले ती वर्षका लायिग सम्झौता नविकरण गरेका छन् ।

प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत कतार फुटबल संघ र अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पासँग छलफलपछि सम्झौता नविकरण गरेको जानकारी दिएका छन् ।

यसका साथै उनले निकट भविष्यमै दुई वर्षको योजना प्रस्तुत गर्ने बताएका छन् ।

सन् २०२१ को मार्चमा नेपाल आएका अलमुताइरीले नेपाललाई गत महिना साफ च्याम्पियनसिपको उपविजेता बनाएका थिए ।

नेपाल इतिहासमा पहिलो पटक साफको फाइनलमा पुगेको थियो ।

नेपालले अब एसियान कप छनोटको तेस्रो चरण खेल्ने कार्यक्रम छ ।

साफ च्याम्पियनसिपमा नेपाली टोली सम्हाल्ने १२ प्रशिक्षक मध्ये फाइनल पुर्याउने उनी पहिलो प्रशिक्षक बनेका थिए ।

भारतसँगको फाइनल ३–० ले गुमाएको नेपालसँग समग्रमा उनको नतिजा ११ खेलमा ३ जित, २ बराबर र ६ हार रहेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty three − 41 =