कतारविरुद्धको शृंखला ‘क्लिन स्विप’ गर्ने दाउमा नेपाल

काठमाडौँ– नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज बिहीबार घरेलु टोली कतारसँग अन्तिम तथा तेस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्दै छ ।
दोहामा हुने तेस्रो खेल दिउँसो ३:४५ बजे शुरू हुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रिँदै गर्दा भ्रमण टोली नेपाल पहिलो पटक शृंखला ‘क्लिन स्विप’ गर्ने दाउमा हुनेछ ।

तीन खेलको शृंखला नेपालले यसअघि नै २-० ले जितिसकेको छ । नेपाल तेस्रो खेलसमेत जित्दै शृंखला ३-० ले जित्न चाहन्छ । पहिलो खेलमा कतारलाई ११९ रन तथा दोस्रो खेलमा ६१ रनको जित निकालेको थियो ।
आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-ट्वान्टी शृंखला खेलेको हो । यसपछि नेपाली टोली संयुक्त अरब इमिरेट्स प्रस्थान गर्नेछ ।
विश्वकप छनोट भने २२-२८ नोभेम्बरमा दुबईमा आयोजना हुनेछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven + three =