उपासना बनिन् एजुकेशन एण्ड माइग्रेसन कर्नरको ‘ब्रान्ड एम्बास्डर’

काठमाडौं । चलचित्र फिल्म ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी नायिका उपासना सिंह ठकुरी ऐजुकेसन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड एम्बेस्डर बनेकी छिन् । उनलाई एक वर्षका लागि शुक्रवार एजुकेशन एण्ड माइग्रेसन कर्नरले ‘ब्रान्ड एम्बास्डर’ मा नियुक्त गरेको हो ।

‘उपासना सिंह ठकुरी जस्तो प्रतिभाशाली अभिनेत्रीलाई एजुकेशन एण्ड माइग्रेसन कर्नरको ‘ब्रान्ड एम्बास्डर’ बनाउन पाएकोमा हामी गौरवान्वित छौँ,’ उपासनासँग कागजी सम्झौता भएपछि संस्थाका कार्यकारी प्रमुख सुनिल उप्रेतीले भने । उनले भोलीका दिनमा नेपाली फिल्म र गीत-संगीतको क्षेत्रमा पनि एजुकेशन एण्ड माइग्रेसन कर्नरले आबद्दता बढाउँदै लैजाने बताएका छन् ।

कार्यक्रममा उपासनाले पनि अष्ट्रेलियामा उच्चशिक्षा अध्यन गर्न चाहने नेपाली बिध्यार्थीहरूको मन जितेको सस्थासंग जोडीन पाएकोमा खुशी लागेको बताएकी छिन् । चलचित्र क्याप्टेन र कबड्डी कबड्डी कबड्डी मार्फत नेपाली चलचित्र क्षेत्रमा राम्रै वाहवाही कमाएकी उपासना सिंह ठकुरीले अब एकबर्षसम्म जुकेसन एण्ड माइग्रेसन कर्नरले आयोजना गरेका बिभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउने छिन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

7 + three =