नेपालको नयाँ नक्साको विरोध गरेपछि अमिताभ बच्चन र सोनी टिभीको आलोचना

काठमाडौं । नेपालको अखण्डता र सार्वभौम सत्तामाथि धावा बोलेको भन्दै भारतका चर्चित अभिनेता अमिताभ बच्चनको नेपालमा आलोचना शुरु भएको छ । भारतीय टेलिभिजन च्यानल सोनीमा अमिताभले सञ्चालन गर्ने गेम शो कौन बनेगा करोडपतिमा नेपालको भूमिका बारेमा विवादस्पद प्रश्न सोधेका थिए । शुक्रवार प्रसारण भएको कार्यक्रम कौन बनेगा करोडपतिमा सञ्चालक अमिताभले कुन देशको संसदले सन् २०२० मा भारतको भूमी लिपुलेक,कालापानी र लिम्पियाधुरा आफ्नो देशको नक्सामा पारेको छ ? भन्ने प्रश्न सोधेका थिए ।

अमिताभले प्रश्न सोध्ने वित्तिकै धेरै नेपालीले कार्यक्रमको स्क्रिन शट सहित सामाजिक सञ्जाल मार्फत अमिताभ र सोनी टेलिभिजनप्रति आपत्ति जनाएका थिए । यो नेपालको अखण्डता र सार्वभौम सत्तामाथि खुलेआम धावा भन्दै धेरैले अमिताभ र सोनी टेलिभिजनको आलोचना गरेका छन् । उनीहरुले आमिताभ र सोनी टिभीले माफी माग्नुपर्ने माग गरेका छन् ।

यस्तो दुस्साहस नेपालीका लागि कुनै पनि अवस्थामा सह्य नहुने भन्दै केहीले सोनी टेलिभिजनको नेपालमा प्रसारण रोक्नुपर्ने धारणा राखेका छन् । यस्तै यस्तो विवादित विषयमा समेत अनभिज्ञता प्रदर्शन गरेर अमिताभले आफ्नो बौद्धिक व्यक्तित्वमाथि हिलो छ्यापेको टिप्पणी गरेका छन् ।

आम सञ्चारको माध्यम त्यसमा पनि धेरै टिआरपी भएको कार्यक्रमबाट नेपालको अखण्डता र सार्वभौम सत्तामाथि धावा बोल्ने कार्य भारतले सुनियोजित रुपमै गरेको भन्दै सामाजिक सञ्जालमार्फत नेपाल सरकारको ध्यानकर्षण गराएका छन् । तर २४ घण्टा बितिसक्दा पनि नेपालको पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven × one =