पूर्वमिस नेपाल श्रृङ्खला अमेरिका उड्दा सिसनको स्टोरी: अल द वेस्ट पाण्डुराम

काठमान्डौं । पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा अध्ययनका लागि सोमबार बेलुकी अमेरिकी प्रस्थान गरेकी छिन् ।उनलाई त्रिभुवन विमानस्थलमा उनका प्रेमी सिसन बानिया र परिवारका केही सदस्यले बिदाई गरेका थिए ।

बिदाईका क्रममा सिसन र श्रृङ्खला केही समय भावुक समेत देखिएका थिए ।श्रृङ्खला हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न अमेरिकातर्फ प्रस्थान गरेकी हुन् ।केही समय अगाडि उनले आफू हावर्ड विश्वविद्यालयमा अध्ययनका लागि जान लागेको जानकारी दिएकी थिइन् ।

श्रृङ्खलाले आर्किटेक्चरमा स्नातक गरिसकेकी छिन् ।‘मिस नेपाल’ भएसँगै श्रृङ्खला निरन्तर चर्चामा थिइन् ।विशेषगरी, उनको सुन्दरता र बौद्धिकताको प्रशंसक विश्वभरका नेपाली छन् ।

श्रृङ्खला न्यूयोर्कमा आयोजना हुन लागेको ‘मिस नेपाल नर्थ अमेरिका’ नामक ब्यूटी पेजेन्टमा निर्णायकको रुपमा सहभागी हुने कार्यक्रम समेत रहेको छ ।

उनका प्रेमी सिसन उनी जानेबेलामा भाबुक भएका छन् । उनीहरुको प्रेम एयरपोर्टमा नै देखिएको थियो ।सिसनले आफ्नी प्रेमिकालाई पाण्डु भनेर बोलाउने गरेका छन् ।उनले इन्टाग्राम स्टोरीमा उनलाई अल द वेस्ट पाण्डुराम भन्दै शुभकामना दिएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

82 − = seventy nine