बहिष्कारमा परेका दुर्गेश थापाले ‘बहिष्कार’ गीत ल्याउदै !

काठमान्डौं । गायक दुर्गेश थापालाई राट्रिय लोक तथा दोहोरी प्रतिष्ठाले उनको तीज गीत ख्यास्स पुतलीप्रति आपत्ती जनाउँदै बहिष्कार गरेको छ । यही बहिष्कारलाई लिएर दुर्गेशले बहिष्कार नाममा गीत निकाल्ने भएका छन् ।

बुधबार फेसबुक मार्फत बहिष्कारमा परेका दुर्गेशले बहिष्कार को गीत निकाल्ने भएका हुन् । दुर्गेश लेख्छन्, समयसँगै हरेक पल नयाँ पलहरुको जन्म हुन्छ । ती नयाँ पलहरूलाई उपलब्धि मुलक बनाई जिवनको सार्थकता बुझ्न प्रयास गरिररहेको हर मानवमा एउटा मात्र लक्ष्य हुन्छ जिवन कलात्मक बाँचौ खुसी संगालेर बाँचौ ।

आफ्नाहरूको मायामा पुल्कित भएर प्रेमिल जिवन बाँचौ । तर मानव नै मानवको रक्षक भक्षक दुबै रहेछ । म चाहन्छु मेरो कारणले कसैको बाँच्न पाउने अधिकार नखोसियोस् । आज मेरो अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाईरहंदा प्रत्यक्ष दोहोरीका सुन्नै नसकिने छाडा गितहरूलाई स्वतन्त्र छोडिएको छ ।

मेरो गित न लोक न दोहोरी तैपनि नियोजित तवरले जबरजस्त शब्दलाई अश्लिल परिभाषा गरेर प्रतिष्ठानले अर्को शब्दकोश निर्माण गरेको छ, जुन दुखद छ । परिवर्तनलाई स्वीकार गर्न नसक्नेहरू भर्चुअल गतिमा लतारिएको देखेर कठै बाहेक केही भन्न सकिन प्रतिष्ठानका सभ्य र संस्कारिक ४१००० सदस्य हरूको जिवन हजार बर्ष को होस् शुभकामना ।।

“पुनश्चः हिजो बद्री पंगेनीले PN CAMPUS र Beauty number 1 र ससुरालिमा हिजो प्रजापति पराजुली ले लाल साडि मे हिन्दी भाषा मा गाएका छन कोमल वली पोईला जान पाम, देखी कुमार बस्नेत का आमा भन्दा छोरी तरुनी,सबै प्रतिष्ठान संस्थापक सल्लाहकार र निबर्मान अध्यक्ष हुन यस्ता धेरै उदाहरण छन जो आफैमा बिरोधाभाष छन्”, दुर्गेश लेख्छन् ।

एक टेलिभिजन अन्र्तवार्तामा गीत लय गुमाएर गीत गाएपछि उनको ‘आलु जस्तो गायक’ भन्दै आलोचना भएको थियो । उनले यसमा पनि गीत बनाएका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty six ÷ = seven