आफ्नै कमाइमा घर बनाएकी पुजा शर्माले किनिन् ७० लाखको क्रेटा कार !

काठमाडौं । बिहीबार भने उनले हुन्डाइको क्रेटा कार खरिद गरेकी छिन् । ७० लाख नगद तिरेरै उनले गाडी किनिन् ।शर्माले हुन्डाइको क्रेटा कार खरिद गरेकी छिन् ।पछिल्लो समय धेरै कलाकारको रोजाइमा क्रेटा कार रोजाइमा परेको छ । केहि हप्ताअघि गायक प्रकाश सपूत तथा नायक पुष्प खड्काले पनि क्रेटा कार किनेका छन् ।

पुजा शर्माको बारे छोटो जानकारी – २०४९ साल वैशाख १८ गते सिन्धुपाल्चोकमा जन्मेकी उनको बाल्यकाल देखि नै संघर्षपूर्ण भए । बुवाले छोराको चाहना राखेका र उनी छोरी भएर जन्मेका कारण पुजा र उनकी आमा दुर्गाले जिवनमा कहिल्यै परिवारवाट माया पाएनन् ।

श्रीमानवाट माया पाउन नसकेका कारण उनले छोरी पुजालाई भने राम्रो भविष्य दिने सोँच बनाइन् । त्यसैले उनी घर परिवार छोडेर छोरीलाई लिएर काठमाडौं आईन् । पुजाले जन्मेदेखि नै बुवाको माया पाउन सकिनन् । उनलाई आमा दुर्गाले नै आमा र वुवाको माया दिइन् ।

दुर्गाले पुजालाई कहिल्यै पनि बुवाको कमी महशुष हुन दिइनन् ।आमाले पुजालाई काठमाडौंमा ल्याएर राम्रो विद्यालयमा भर्ना गरिन् । अनि आफुले निकै मेहनत गरेर पैसा कमाउन थालिन् । उनले छोरीलाई राम्रो भविष्य दिन निकै संघर्ष गरेर पैसा कमाइन् । उनले एसएलसी पास गरेपछि पढाईसंगै एउटा एनजिओमा पनि काम गर्न थालिन् ।

उनले आफ्नो जिवनमा एउटा मोड आएको थाहा पाइन् । उनलाई पढाई भन्दा पनि उनलाई अरु काममा रुचि लाग्थ्यो । नाच्ने र अभिनय गर्ने काम गर्न उनलाई मन पराउँथिन् । उच्च शिक्षा पढ्न क्यानडा गएकी उनी पढाइ पुरा नगर्दै फर्किइन् । उनले टुरिजम फिल्डमा लागेर पढ्न र काम गर्न थालिन् ।

पुजा सानै देखि सुगम पोखरेलको फ्यान थिइन् । पछि उनै सुगमलाई भेटेपछि अभिनय तर्फ उनको पहिलो पाइला अघि बढाइन् । तर त्यतीबेला उनलाई आफैले गरेको अभिनय भने त्यती मन पर्दैनथ्यो ।म्युजिक भिडियोमा समेत काम गर्न लागेकी उनी केही समय पत्रकारीतामा पनि लागिन् ।

त्यतीबेला उनलाई थ्रि लभर्स चलचित्रमा काम गर्ने अफर आयो । उनले चलचित्रमा काम गरिन् तर कसैले उनलाई नोटिस गरेनन् । उनले आफुलाई सुनाए अनुसारको कथामा अभिनय गरेको दृष्य नदेखेपछि उनलाई फिल्म क्षेत्रवाट नै मन भाँचियो ।त्यस पछि उनी सुदर्शनको संगतवाट चत्रचित्र मधुमासमा काम गरिन् ।

त्यसपछि भने उनको जिवन फिल्म क्षेत्रमा प्रवेश गरेको थियो । तर त्यो चलचित्र त्यती चलेन । सुदर्शनले फेरी पुजालाई अवसर दिए । यसरी बारम्बार पुजालाई अवसर दिएर पुजासंग नायककै रुपमा सुदर्शन खेलेपछि दुई जनाको नाम पनि जोडियो ।लगातार ३ वटा फिल्म खेल्दा पनि असफल भएपछि उनी हरेस खाएकी थिइन् । तर उनलाई आमाले नै हौसला दिइरहिन् ।

पछिल्लो चलचित्र शुदर्शनले प्रेमगित बनाए, त्यसमा फेरी पुजालाई नै खेलाए । यो चलचित्रले पुजाको लागि फिल्मको ढोका खुल्यो । उनका फ्यान बढे, चलचित्र पनि राम्रो चल्यो । यसरी उनी चलचित्रमा एउटा स्थापित नायीका बन्न थालिन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight ÷ = 1