आज चर्चित अभिनेत्री रेखा थापाको जन्मदिन

काठमान्डौं । नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाको आज जन्मदिन परेको छ । एक समय नेपाली दर्शकले अत्यधिक रुचाएकी रेखा वि सं २०३९ भाद्र ५ गते मोरङको कोसी हरैचामा जन्मिएकी हुन् ।

सामाजिक सञ्जालमार्फत रेखालाई जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ । फिल्म ‘हिरो’बाट नेपाली फिल्म क्षेत्रमा प्रबेश गरेकी रेखाले हालसम्म दर्जनौ फिल्ममा अभिनय गरिसकेकी छन् । दर्शकमाझ अत्यन्तै लोकप्रिय रेखाले निकै फिल्म आफैले निर्माण समेत गरेकी छन् ।
कुशल अभिनेत्रीका रुपमा चिनिएकी रेखाले आफ्नै ब्यानरका केहि फिल्म आफैले निर्देशन समेत गरेकी छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = nine