क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को मनोनयन सार्वजनिक

काठमान्डौं । क्वालिटी फिल्मस प्रा.लि. द्वारा आयोजना हुन गईरहेको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को टप फाइभ मनोनयनमा परेका सर्जक, कलाकार र प्राविधिकहरुको विधा र नामावली सार्वजनिक भएको छ ।

क्वालिटी फिल्म्सका प्रवन्ध निर्देशक तथा अवार्ड कमिटीका अध्यक्ष उमेश गुरुङले सामाजिक सञ्जाल फेसबुक मार्फत आज सो नामावली सार्वजनिक गरेका हुन् ।

भदौ २५ गते बिजुलीबजार स्थित कार्निभल रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट पाँचमा पर्न सफल कलाकर्मीहरुलाई प्रमाणपत्र वितरण गरिने कुरा थाहा भएको छ ।

उमेश गुरुङले दिएको जानकारी अनुसार आगामी असोजको पहिलो साता अवार्ड समारोहको आयोजना हुने छ भने समारोहमा वरिष्ठ चलचित्र लेखक, निर्देशक तथा कलाकार तुलसी घिमिरेलाई क्वालिटी इन्टरटेनमेन्ट लाइफटाइम एचिभमेन्ट अवार्ड र म्युजिक डायरी मासिक तथा ईम्युजिक डायरी अनलाइनका सम्पादक तुलसी गिरी ‘भावुक’ लाई क्वालिटी इन्टरटेनमेन्ट रङ्ग पत्रकारिता पुरस्कार प्रदान गरिने छ । समारोहमा आ-आफ्नी क्षेत्रमा विशिष्ट योगदान पुर्याउने अन्य प्रतिष्ठित व्यक्तिहरु पनि सम्मानित हुनेछन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ twenty three = twenty five