शंकर बिसीको निर्देशनमा “भन साईंला” बोलको गीत सार्वजनिक

काठमान्डौं । अधिकांश नेपालीको साझा समस्या भनौं या बाध्यता विदेशीनु निर्बिकल्प नै बनेको छ । ४० कटेसी रमाउने सुखद भविष्यको कल्पना गर्दै, विदेशीएका परदेशीहरुको जिवन भने आफैंमा दुःखद बितिरहेको हुन्छ । एकातिर मातृभुमी र परिवारबाटा टाढा अर्कोतिर बिरानो मुलुक, चिनारु कोही हुँदैन ।

यता स्वदेशमा रहेका परिवारमा पनि उतिकै पीडा र कुण्ठा । अझ श्रीमान परदेशीएपछि एउटी श्रीमतीले कतिसम्म भोग्नु र सुन्नुपर्छ अरु कसैले कहाँ लेख्न, सुन्न र भन्न सक्ला र ? यहि यथार्थ मनोभावलाई उन्दै लोकप्रिय गायक रमेशराज भट्टराईले मर्मश्पर्शी गीत “भन साईंला” सार्वजनिक गरेका छन् ।

पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालले भट्टराईलाई स्वरमा साथ दिएकी छिन् । रमेशराजकै रचना र संगीत रहेको गीतलाई विश्वास नेपालले संगीत संयोजन गरेका हुन् । गीतलाई रमेशराज भट्टराई युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

शंकर बिसीको निर्देशनमा तयार भएको गीतको भिडियोमा परदेशी श्रीमान र स्वदेशमा रहेकी श्रीमतीको मनोभावलाई दुरुस्त देखाइएको छ । निर्देशक बिसीले सुखद भविष्यको कल्पनामा परदेशीएका श्रीमान र उनकी श्रीमतीको मनको भावनालाई टपक्क टिपेर भिडियोमा देखाउन सफल भएका छन् ।

भिडियोमा जिवन भट्टराई, लक्ष्मी बर्देवा, संगम भण्डारी र सन्तोष पन्तले अभिनय गरेका छन् । दुर्गा पौडेलले छायांकन गरेको म्यूजिक भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty one − 48 =