अनिष ओकिलीको ‘सरिताको दिदी’ नामक बोलको गीत सार्वजनिक (भिडियो सहित)

काठमान्डौं । कुनै बेलाको लोकप्रिय साङ्गीतिक समूह ‘ओकिली’का गायक अनिष ओकिली लामो समयपछि दर्शक तथा श्रोतामाझ आएका छन् । उनले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत ‘सरिताको दिदी‘’ शीर्षकको गीत सार्वजनिक गरेका छन्।

गीतमा अनीश ओकिलीको स्वर शब्द तथा सङ्गीत रहेको छ । शब्दमा उनलाई अयोध्या पी उपाध्यायले साथ दिएका छन् । यस्तै गीतमा सङ्गीत संयोजन भने चाँद सिंहको रहेको छ । गीतलाई सङ्गीतकार राजन इशानले मास्टरिंग गरेका हुन् ।

राजन इशानकै अवधारणामा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोमा अभिनेता एसराज गराच तथा प्रनिमा दाहालका साथमा सन्दीप क्षेत्रीलाई फिचर गरिएको छ ।

सन्तोष भुजेलको कोरियोग्राफी,शिवराम श्रेष्ठको छायाङ्कन तथा बिजेश पौडेलको सम्पादनमा तयार भएको उक्त भिडियोलाई बिजेश तथा राजनले निर्देशन गरेका हुन् ।

३ दशक देखि नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय रहेका अनीश ओकिली एक परिचित नाम हो । उनको ‘मेरी ओकिली’, ‘गुलाबी जाडो ‘, ‘झ्यालबाट हेरी’ लगायतका चर्चित गीतहरू रहेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 10 = twelve