टिकटक प्रतिबन्धपछि १० करोड फलोअर्स भएकी पाकिस्तानी स्टारले देश नै छाडिन

एजेन्सी। पाकिस्तानकी टिकटक स्टार जन्नत मिर्जा पाकिस्तानबाट जापानमा बसाई सरेकी छन्। २२ बर्षे मिर्जा पहिलो पाकिस्तानी प्रयोगकर्ता हुन् ,जसको टिकटकमा १० करोड भन्दा बढी फलोअर्स छन् । प्रशंसकहरू उनको निर्णयबाट दुखी भएका छन् । उनका इन्स्टाग्राममा करोड भन्दा बढी फलोअर्स छन् र उनका तस्बिरहरू अक्सर भाइरल हुन्छन्।

जन्नतले हालसालै शेयर गरिन् कि जब टिकटकलाई पाकिस्तानमा प्रतिबन्ध लगाइएको थियो, उनी जापानमा थिइन। जन्नतले अब जापानमा नै बस्ने स्पष्ट पारेकी छन्। जन्नतले आफ्नो इन्स्टाग्राममा एउटा तस्विर शेयर गरिन्, जहाँ धेरै प्रशंसकहरूले उनलाई पाकिस्तान फर्केर कहिले आउने भएर सोधेका छन् । जन्नतले यस प्रश्नको जवाफ दिएकी छिन र उनी जापानमा बसाई सरेको वताउँछिन् ।

जन्नतलाई एक फ्यानले सोधे , तपाईं किन पाकिस्तान छोड्दै हुनुहुन्छ? यसमा जन्नतले उत्तर दिँदै भनिन – किनभने पाकिस्तान धेरै मिठो र राम्रो छ तर पाकिस्तानको जनताको मानसिकता राम्रो छैन।

यो भन्दा पहिले जन्नत मिर्जाले पाकिस्तानमा टिकटक प्रतिबन्धको समर्थन गरिन रे। उनले भनेकी थिइन – म आफैंमा पाकिस्तानमा टिकटकको प्रतिबन्ध चाहान्छु तर यो स्थायी आधारमा हुनु हुँदैन। उनले – पाकिस्तानमा टिकटक प्रतिबन्ध भएपछि जापान गएको उल्लेख गरिन । चाखलाग्दो कुरा के छ भने भारतमा पाकिस्तान भन्दा पहिले पनि टिकटकलाई प्रतिबन्ध लगाइएको थियो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five × nine =