सरोज कोइराला र मेलिना राईको स्वरमा “भकारीमा धान” बोलको गीत सार्वजनिक

काठमान्डौं । सञ्चारकर्मी तथा गायक सरोज कोइराला र गायिका मेलिना राईको स्वरमा ‘भकारीमा धान’ बोलको गीत सार्वजनिक भएको छ । यसमा गीतमा गायक कोइरालाकै शब्द, संगीत छ । संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् ।

भिडियो सहित सार्वजनिक भएको गीतमा सुधिर श्रेष्ठ र सगुन कोइरालाले नृत्य, अभिनय गरेका छन् । सुधिर श्रेष्ठ यसअघि पनि दर्जनौ भिडियोहरुमा काम गरिसकेका स्थापित मोडल हुन भने सगुन कोइरालाले यसै भिडियोमार्फत मोडलिङको क्षेत्रमा पाइला चालेकी छिन् । उनी फेशन डिजाइनकी विद्यार्थी हुन ।

अहिलेका व्यस्त सिनेमाटोग्राफर उत्सव दाहालले छायांकन गरेको यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । निर्देशन विधान कार्कीले गरेका हुन । नबोली नबोली, काले केटा २, धर्ति आकास जस्ता चर्चित गीतको भिडियो निर्देशन गरेका विधान म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष पनि हुन ।

पूर्व र मध्यक्षेत्रतीरका लोकभाकामा आधारित रहेको गीत ‘भकारीमा धान’ को छायांकन काभ्रेपलाञ्चोक जिल्लाको रमणीय र मौलिक रहनसहन भएको क्षेत्रमा गरिएको हो । मेलोडियस आधुनिक गीतहरुमा स्वर तथा संगीत दिँदै आएका सरोजले यसै गीतमार्फत आफ्नो शैली परिवर्तन गरेका छन् । “हरेक नेपालीको मनमा लोकधुन हुन्छ नै, म भित्र रहेको त्यहि धुन यस गीतमार्फत प्रस्फुटित भएको हो ।” उनी भन्छन ।

सरोजले काठमाडौँस्थित साधना कला केन्द्रमा वरिष्ठ संगीतकार प्रकाश गुरुङसँग ३ वर्ष गायन प्रशिक्षण लिएका छन । उनले हालै त्रिभुवन विश्वविद्यालयबाट समेत संगीत विषयमा स्नातक तहको अध्ययन पुरा गरेका छन् ।

“नेप्सिने” को प्रोडक्सनमा तयार भएको यो भिडियो “दि डिभाइन म्युजिक” यु्ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty six − 51 =