पुजा र आकाशको अभिनय रहेको शिव परियारको “माया बिक्ने भएछ” एक नम्बर ट्रेण्डिङमा !

काठमाडौं । शिव परियार जसको नेपाली सांगितिक क्षेत्रमा नाम नै काफी छ । दर्जनौं हिट गीत मार्फत दर्शक श्रोताको मनमा बस्न सफल उनी यतिबेला फेरि दर्शक श्रोताको १ नं. रोजाइमा परेका छन् ।

उनका गीतहरु पछिल्लो समयमा युट्युबको ट्रेण्डिङ छाउन थालेका छन् । केहि दिन अघि मात्र उनले गाएको गीत ‘माया बिक्ने भएछ’ पनि निकै चर्चामा रहेको छ । उक्त गीत चर्चासँगै ट्रेण्डिङमा समेत १ नं. रहन सफल भएको छ । संगीत तर्फबाट गीत १ नं. ट्रेण्डिङमा परेको हो ।

गीतको भिडियोलाई १२ लाख ३३ हजार बढी दर्शकले हेरिसकेका छन् । उत्कृष्ट गीत भन्ने भावका कमेन्ट अत्याधिक छन् । विशेषतः गायक शिव परियार र कलाकार पुजा शर्मा र आकाश श्रेष्ठको उत्कृष्ट काम भनेर तारिफ गरिएको छ ।

गणेश अधिकारीको शब्द र नबिन कार्कीको संगीत रहेको गीतमा बिशाल निरौलाको एरेन्ज रहेको छ ।

लोकप्रिय कलाकारद्वय पुजा शर्मा र आकाश श्रेष्ठ अभिनित भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिकाश धामलाले सम्पादन गरेका हुन् ।

भिडियोलाई गीतका एरेन्जर बिशाल निरौलाको युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

अब उक्त भिडियो हेर्नुहोस:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

89 − = eighty one