‘अब फिल्म खेल्दिन’ भनेकी साम्राज्ञी झण्डै २ वर्ष पछि सेक्सी रुपमा देखिइन् ! हेर्नुहोस

काठमाण्डौ । नायिका साम्राज्ञी राज्य लक्ष्मि शाह करिब २ वर्ष यता कुनै सार्वजनिक काममा छैनन् । उनी फिल्ममा पनि देखिएकी छैनन् भने अन्य कलाकार जस्तो म्युजिक भिडियोमा पनि आउँदिनन् ।

केही समय अघि उनले अब नेपाली फिल्ममा पनि काम गर्न इच्छा नभएको बताएकी थिइन् । आफुलार्ई निकै मन परेको कथा भए मात्र वर्षमा एउटा मात्र फिल्म गर्ने बताएकी थिइन् ।

अभिनेत्री शाह गतबर्ष चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकेपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्रको काम गरेकी छैनन् । उनको लाइनअपमा केही चलचित्र भने छन् । वैशाखबाट दोश्रो चरणको कोभिडका कारण निषेधाज्ञा भएपछि नेपाली चलचित्रको काम ठप्प भयो ।

तर, म्युजिक भिडियोको छायांकनको गती भने रोकिएको थिएन । भिडियोको छायांकनमा कलाकारहरु व्यस्त हुँदा साम्राज्ञी भने यसबाट टाढै रहिन् ।

उनै, साम्राज्ञी काममा फर्किएकी छिन् । तर, यसपटक उनी चलचित्रको नभएर म्युजिक भिडियोको सेटमा फर्किएकी हुन् । ट्री इन्टरटेन्मेन्टले निर्माण गरिरहेको एक गीतको भिडियोमा दर्शकले साम्राज्ञीलाई देख्न पाउनेछन् । अस्मिता अधिकारी र विश्व नेपालीको स्वर रहेको गीतमा साम्राज्ञीले काम गरेकी हुन् ।

यो गीतको भिडियोको छायांकन काठमाडौंका विभिन्न स्थानमा गरिएको हो । साम्राज्ञी भिडियोमा काम गर्न पाउँदा उत्साहित देखिएकी छिन् ।

यस्तै साम्राज्ञीले आफ्ना केही नयाँ तस्विरहरू सामाजिक संजालमा सार्वजनिक गरेकी छिन् । लामो समयपछिको उनको यस्तो तस्वीर देखेर उनका फ्यानहरु निकै नै खुशी भएका छन् भने । उनलाई यस्तो रुपमा देखेर धेरैले उनको उक्त तस्वीरको प्रशंसा पनि गरेका छन् ।

नियका शाह यो रुपमा निकै नै आर्कर्षक पनि देखिएकी छन् । उक्त म्यूजिक भिडियामा नियकाको नृत्यका साथै उनको पहिरनको पनि उत्तिकै चर्चा भईरहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight × one =