वैवाहिक बन्धनमा बाधिए इन्द्रेणीका छत्र शाही र काजल जोशी !

काठमान्डौं । लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीका सबैको मन मुटुमा बस्न सफल जोडी छत्र शाही र काजल जोशी वैवाहिक बन्धनमा बाधिएका छन् ।

दोहोरी खेल्न अब्बल यी जोडीको दोहोरीलाई लाखौं दर्शक स्रोताले रुचाएका छन् ।

ईन्द्रेणीमा लाईभ दोहोरी गाएर चर्चा कमाएका छत्र शाही र काजल जोशी लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका थिए । केहिसमय अगाडि इन्द्रेणी कार्यक्रमको स्टुडियोबाटै बिबाहको घोषणा गरेका थिए । यी जोडीले गाउँमा पुगेर बिबाह गरेका हुन् ।

यो पनि पढनुहोस :

गौतमबुद्ध क्रिक्रेट रंगशालाको जिम्मेवारी महानगरले लिन्छ: रेनु दाहाल

काठमाडौं। भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाको जिम्मा महनगरले लिने बताएकी छन ।

भरतपुरको एक कार्यक्रममा बोल्दै दाहालले जनस्तरबाट रकम संकलन हुन सके निर्माणसम्पन्न पश्चात र रकम संकलन नभए जति निर्माण भएको छ त्यहीँबाट महानगरलाई हस्तान्तरण गर्ने सम्झौता पत्रमा उल्लेख भएको भन्दै अलपत्र हुन नदिने बताएका छन ।

महानगरले जग्गा मात्रै उपलब्ध गराउने र आर्थिक लगायतका सबै पक्ष धुर्मुससुन्तली फाउण्डेशनले जिम्मा लिने सम्झौता पत्रमा उल्लेख भएको बताउँदै जनस्तरबाट रकम संकलन हुन्छ भने पनि महानगरले मात्रै हालसम्म ८ करोड सहयोग गरिसकेको जानकारी दिएका छन ।

अहिले पनि २ करोड विनियोजन भएको बताउँदै धुर्मुस सुन्तली फाउण्डेशनले आधिकारिक रूपमा निर्माण अघि बढाउन नसक्ने बताएमा महानगरले जिम्मा लिएर निर्माण गर्ने बताए । रंगशाला निर्माणका लागि चितवनवासीले भरपुर सहयोग गरेको दाहालको भनाइ छ ।

गत साउन १५ देखि रंगशालाको संरचना निर्माण ठप्प छ । आर्थिक अभाव भएको भन्दै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले निर्माण रोकिन पुगेको बताएका थिए । यदि प्रतिवद्धता गरेअनुसारको रकम उठे मात्रै पनि निर्माण पूरा गर्न सकिने बताएका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

90 − eighty nine =