हाँस्य कलाकार पवन खतिवडाले गरे अन्तरदेशीय अन्तर जातीय बिवाह !

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्य टेलिफिल्म ‘गोलमाल’का कलाकार पवन खतिवडा ‘म्याकुरी’ले लगनगाँठो कसेका छन् ।उनले भारतस्थित सिक्किमकी सुम्निमा खालिङ राईसँग अन्तरजातीय विवाह गरेका हुन् ।

पवन पछिल्लो समयमा नेपाली कमेडीमा रुचाइएका कलाकारमा पर्दछन् । बिवाह पछी उनले ‘जिवनको नया अध्याय सुरु😘😘उनि सिक्किमकि छोरी म नेपालको,म बाहुन को छोरो उनि राइको (intercast- intercountry) हाम्रो लागि माया प्रेम नै सर्बैसर्व भयो।

यो समाजले के भन्ला भन्दा पनि हामिले समाजलाइ के दिने भन्ने लाग्यो।।केही बर्ष अघिको चिनजान प्रेम मा परिणत भइ बिहेमा परिणत गर्ने निर्णय गरेको छौ आशा छ सदा हजुरहरुको आशीर्वाद को अपेक्षा राखेका छौ। सदैब तिमी सङ्ग खुशी भै जीवन काट्न पाइओस  Happy married life to us😘😘 भन्दै पोस्ट गरेका छन ।

यो पनि पढ्नुहोस – कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ स्थित साहित्यकार झमक घिमिरेको निवासमा चोरी भएको छ । बुधबार बिहान अन्दाजी २ बजेपछि साहित्यकार घिमिरे निवासमा घरको सबै ताला फोडी चोरी भएको झमक घिमिरे साहित्य कला प्रतिष्ठानकी उपाध्यक्ष अनिता लामाले जानकारी दिइन्।

उपाध्यक्ष लामाका अनुसार यसअघि पनि घिमिरे निवासमा चोरी, डकैतीको प्रयास भएको र प्रहरी प्रशासनको सहयोगबाट मात्रै झमक सपरिवारलाई सुरक्षित गर्न सकिएको थियो । सुरक्षाको कारण अत्यन्तै चिन्तित भएपछि झमक परिवार गत १८ गते धनकुटास्थित घर गएका छन् ।

चोरले झमकको कपडा, चाँदीका गरगहना र केही भाँडाकुँडा चोरेको लामाले बताइन् । घट्नबारे प्रहरीले मुचुल्का उठाएर अनुसन्धान गरिरहेको उनले बताइन् । यो स्थानमा यो हप्ता मात्रै छिमेकीका घरहरूमा धेरै पटक हतियार देखाई लुटपाट र डकैत भएको थियो ।

लुटपाट र डकैत हुने गरेकाले यहाँका स्थानियले रातको समयमा गस्ती समेत गर्ने गरेका छन् । धेरैपटक उपभोक्ताहरूले प्रहरी प्रशासन समक्ष शान्तिसुरक्षाको लागि प्रहरी बिट, सामुदायिक प्रहरी बिट राख्न अनुरोध गरेपनि सम्बन्धित निकायको ध्यान नगएको स्थानियको गुनासो छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy two ÷ nine =