सुनिल थापाले भारतमा राखे नेपालको नाम, मँहगो पारिश्रमिक लिएर बलिउड चलचित्र खेल्दै

काठमाडौं । कलाकार सुनिल थापा फेरि एकपटक बलिउड चलचित्रमा देखिने भएका छन् । उनी बलिउड चलचित्र ‘काजी’ मा देखिन लागेका हुन् । चलचित्रको सुटिङ अहिले भइरहेको बताइएको छ । त्यसैका लागि सुनिल अहिले मुम्बईमा छन् ।अभिनेता सुनिल थापाले पनि अहिले आफू बलिउड चलचित्रको सुटिङमा ब्यस्त भएको बताएका छन् । चलचित्र बिषयमा भने उनले बिस्तृत विवरण अहिले सार्वजनिक गर्न नमिल्ने बताए ।

केही अगाडि सुनिलले बलिउड सुपरस्टार सलमान खानको प्रोडक्सन हाउसबाट निर्माण हुने चलचित्र ‘क्वाथा’ गर्ने चर्चा समेत चलेको थियो । सो समय ‘क्वाथा’ चलचित्र अभिनयका लागि आफुलाई अफर आएको सुनिल आफैले सार्वजनिक गरेका थिए ।

आयुष शर्मा मुख्य भूमिकामा रहने भनिएको चलचित्रमा आफूलाई मुखियाको भूमिकाका लागि अफर गरिएको सुनिलले बताएका थिए। भारतको मणिपुर राज्यको वास्तविक कथामा बन्न लागेको चलचित्रमा सुनिल त्यहाँको मुखियाको भूमिका रहनेछन्। त्यहाँको वास्तविक कथामा यो चलचित्र बन्न लागेको सुनिल बताउँछन्। तर हालसम्म यो चलचित्र बन्ने सुरसार समेत छैन।

सुनिलले केही बर्ष पहिले बलिउड चलचित्र ‘मेरी कोम’ मा नायिका प्रियंका चोपडाको बक्सिङ प्रशिक्षकका रुपमा देखिंएका थिए। शो चलचित्रमा सुनिल थापाको अभिनयको सबैले तारिफ समेत गरेका थिए। ‘मेरी कोम’ भारतीय बक्सिङ खेलाडी मेरी कोमको जीवनमा आधारित फिल्म हो ।

‘सन् १९८१ मा बनेको हिन्दी चलचित्र ‘एक दुजे के लिए’ मा खलनायकको अभिनयबाट चर्चामा आएका सुनिल थापाले त्यपछि आज की आवाज, ‘मनु द ग्रेट, अलबेला, ‘नसिबवाला लगायतमा बलिउड चलचित्रमा अभिनय गरेका छन्। सन् १९८२ मा प्रताप सुब्बाले ‘मसाल’ चलचित्रमा अभिनयका लागि बोलाएपछि सुनिल थापा र नेपाली फिल्मको साइनो जोडियो । ‘मसाल’ सिक्किममा बनेको नेपाली भाषी चलचित्र थियो तर दुर्भाग्यवश त्यो चलचित्र नेपालमा भने प्रदर्शन हुन सकेन ।

तर त्यसको ७ वर्ष पछि तुलसी घिमिरेले ‘चिनो’मा रातेकाईंलाको भूमिका दिएपछि मोडलिङ्ग,फुटबलर र फोटोग्राफर हुँदै बलिउडमा फिल्ममा जम्न थालेका सुनिल थापा बलिउड छाडेर चटक्कै नेपाल आए । सुनिल थापालाई बलिउडमा कामको कुनै खाँचो थिएन । तर ‘चिनो’ले उनको कर्मथलो बलिउड बाट नेपालमा सारिदियो । त्यसयता उनले नेपालमा २५ वर्ष बिताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty ÷ 10 =