दिलिप रायमाझी देखि केकि अधिकारी सम्मका कलाकारहरु एउटै गीतमा (भिडियो सहित)

काठमान्डौं । नेपाली सांगीतिक क्षेत्रमा बिल्कुलै फरक र सन्देशमुलक गीत “मेरो जात हो नेपाली” सार्वजनिक भएको छ । हुन पनि हो हामी सबैको जात नेपाली हो । मानिसको जात पुरुष अनि महिला मात्र हो ।

२१ औं शताब्दीमा पनि जातभातको कुरा निकाल्ने ब्यक्ती मानव नै हैन । यस गीतमा मानव सबै एउटै जाती हो, सबै नेपाली नागरिक नेपाली हो भन्ने सन्देश दिन खोजिएको छ ।

यो गीत राष्ट्रिय भावले ओतप्रोत रहेको छ । सांगीतिक क्षेत्रमा यस्ता गीत कम मात्रमा आउने गर्दछन् । “५७ औं अन्तर्राष्ट्रिय जातिय उन्मुलन दिवस २१ मार्च २०२२” को अवसरमा पारेर थप चेतना फैलाउनका लागि “मेरो जात हो नेपाली” गीत सार्वजनिक गरेको कुरा सोही गीतको निर्माण पक्षले जनाएको छ ।

यस गीतमा दिल्ली अधिकारीको स्वर रहेको छ भने भिम अधिकारीको शब्द, सुशील बिश्वकर्माको संगीत रहेको छ ।

सो गीतमा चर्चित निर्देशक शंकर बिसिको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने अजय रेग्मीको छायांकन, नवीन घर्ती मगरको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा चर्चित कलाकारहरु दिलिप रायमाझी, केकि अधिकारी, शंकर बिसि, निक्स शर्मा, करिश्मा ढकाल, दिपाशा बिसि, रिचा थापा आदिको अभिनय रहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty seven − twenty seven =