रबी गहतराज र अनु चौधरीको हिन्दी गीत सार्वजनिक (भिडियो सहित)

काठमान्डौं । नेपालमा पछिल्लो समयमा लोक गीतहरुले बजार तताईरहेको बेला नेपाल मै हिन्दी गीतको आगमन भएको छ । नेपालमै रेकर्ड भएको हिन्दी गीत “तु नही तोह मेरी” अनामनगर, काठमाडौं स्थित एक्सन स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

यस गीतमा भर्सटायल गायिका अनु चौधरी र भ्वाईस अफ नेपालका प्रतियोगी रबी गहतराजको स्वर रहेको छ । सो गीतको भिडियोमा डा। आदित्य जोशीको शब्द रहेको छ भने नन्द नयरको संगीत र संगीत संयोजन रहेको थियो ।

यस गीतलाई कर्ण सञ्ज्यालले रेकर्डिङ गरेका हुन् भने गोबिन्द शोनीले मिक्सिङ, मास्टरिङ गरेका हुन् । प्रभावन जे को निर्देशन रहेको गीतमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन, कृष्ण गौतमको सम्पादन, साजन पराजु्लीको सह निर्देशन, श्याम धितालको प्रोडक्सन कन्ट्रोल रहेको छ ।

उक्त गीतको भिडियोमा अनु चौधरी र रबी गहतराज नै देखा परेका छन् । सो गीतको भिडियोलाई युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला :

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× four = 4