प्रदीप खड्का र कृष्टिनाको ‘प्रेमगीत ३’ असोज ७ बाट रिलिज हुने

काठमान्डौं । चलचित्र ‘प्रेमगीत ३’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यसअघि गतबर्षको फागुण १३ गतेलाई यो चलचित्रको प्रदर्शन मिति तय गरिएको थियो ।

तर, भारतमा पनि नेपालमासँगै रिलिज गर्ने भन्दै निर्माता तथा निर्देशक सन्तोष सेनले चलचित्रको प्रदर्शन स्थगित गरेका थिए ।

निर्माण भएको ३ बर्षपछि यो चलचित्र अन्ततः असोजको ७ गतेबाट रिलिज हुने भएको हो ।

नायक प्रदीप खड्का, नव–नायिका कृष्टिना गुरुङ, नायक शिव श्रेष्ठ, कलाकार सुनिल थापा, नव–नायक मनिष राउतको मुख्य भूमिका रहेको यो चलचित्र दर्शकका लागि प्रतिक्षित छ । चलचित्रको गीतसंगीतले दर्शकको मन जितिसकेका छन् ।

चलचित्र ‘प्रेमगीत’को तेश्रो सिरिज भएका कारण पनि यो चलचित्र अझै प्रतिक्षित बनेको हो । चलचित्रलाई हिन्दी भाषमा समेत डबिङ गरिएको छ ।

सन्तोष सेन र स्वर्गीय छेतन गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रलाई मनाङ, मुस्ताङको हिउमा खिचिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = five