अभिनेता पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

काठमाडौं : यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् । यस्तैमा नायक पल शाहले भने अलि फरक तवरले आफ्नो टीका तस्वीर सार्बजनिक गरेका छन् ।

शाहले टीका पछि तस्वीर आफ्नो फेसबुकमा सार्बजनिक गर्दै जीवन मरणको बाजि खेलिरहेकि १३ महिने सियोना श्रेष्ठको लागि आर्थिक सहयोग गरेको पनि जानकारी गराएका छन् । उनले सियोनाको सिघ्र स्वस्थ्य लाभको कामना गर्दै पल र उनको परिवारको तर्फबाट दशै र दक्षिणा स्वरुप १ लाख नगद हस्तान्तरण गरेको खुलाएका छन् ।

सियोनाको उपचार नेपालमा सम्भव नहुने र उपचार गर्न २५ करोडको हाराहारीमा खर्च लाग्ने भएपछि सियोनाको बुवाआमा यतिबेला सहयोग अपिल गरिरहेका छ । जसमा केही नेपाली सेलिब्रेटीहरुले पनि साथ दिएका छन् । तर, थोरै सेलिब्रेटीहरुले मात्र आर्थिक सहयोग गरेका कारण आफ्नो छोरिको जीवन रक्षाको निम्ति सबै सेलिब्रेटिहरुलाई सकेको आर्थिक सहयोग गर्न सियोनाको आमा एलिनाले आग्रह गरेकि छन् ।

यसअघि अभिनेत्री वर्षा राउतले ३० हजार, गायक बुद्ध लामाले १० हजार, हास्यकलाकार कुमार कट्टेलले १० हजार आर्थिक रकम सहयोग गरे भने यता परमिताले ईन्स्टाग्राममा अनलाईन स्टोर नै सुरु गरेकी छन् । जहाँ बिक्री भएर आएको रकम सियोनाको उपचारमा खर्च हुनेछ । यस्तै अभिनेत्री करिष्मा मानन्धरले पनि सहयोग गरेको बताएकी छिन् । उनले फेसबुकमा एक स्ट्याटस लेख्दै अभिनेत्री परमिता आरएल रानाले सुरु गरेको अभियान मार्फत सहयोग गरेको लेखेकी छन् ।

हालसम्म देश तथा बिदेशबाट ७ करोड बढी नेपाली रुपैयाँ जम्मा भएको जानकारी आएको छ । छोटो समयमा धेरै पैसा संकलन भएको छ तर, सियोनाको उपचारको लागि यो रकम धेरै नै कम हो । त्यसैले अझै सहयोगको जरुरत छ । सियोनलाई जन्मजात वंशानुगत लाग्ने रोग स्पाईनल मुस्कुलर थेरापी-एसएमई-१ (SPINAL MUSCULAR ATROPHY (SME-1) रोग लाग्यो । जुन रोगका कारण बच्चाको अंगहरुले काम नगर्ने, विस्तारै सबै सुक्दै जाने र मृत्युसम्म हुने जस्ता लक्षण देखिन्छ । जस्का कारण यतिबेला मृत्यु जित्न संघर्ष गरिरहेकी सियोनाको जीवन रक्षाको कामना गर्दै देशबिदेशमा रहेका आम नेपाली तथा सेलिब्रेटिहरुले पनि सहयोग गरिरहेका हुन् ।

१३ महिना भएकी सियोनको उपचार २ वर्ष उमेर भित्रमा गरिसक्नुपर्ने छ । तर, जति चाडो गर्यो त्यति राम्रो हुने हस्पिटलले बताएको छ । यो रोगको उपचार नेपालमा सम्भव नभएपछि छोरिका साथमा सन्दिप दम्पती झन्डै डेढ महिनादेखी पोल्यान्डमा छन् । यतिबेला अभियानलाई अझै प्रभावकारी बनाउन फेसबुकमा पब्लिक ग्रुप नै बनेको छ । सियोनालाई सहयोग गर्न अनलाइन, बैंक एकाउन्ट र ए-सेवा एकाउन्ट रहेको छ ।

जहा सहयोगीदाता आफुले चाहेको रकम पठाउन सक्नेछन् । बैंकमा सहयोग रकम पठाउनको लागि सियोन श्रेष्ठ (Siyona Shrestha) नाममा बैंक अफ काठमाडौ (Bank of Kathmandu) को परासी ब्रान्च (Parasi branch) मा एकाउन्ट खोलिएको छ । जस्को एकाउन्ट नम्बर 206500000031524 रहेको छ । यस्तै, ईसेवाबाट आर्थिक सहयोग गर्नको लागि 9816457809 र 9847206466 आईडी प्रयोग गर्दै सियोन बचाउ अभियानमा साथ दिन सक्नुहुनेछ छ भने www.gofoundme.com मार्फत पनि सहयोग रकम पठाउन सकिनेछ । डिथ्री अनलाइन सियोनको जीवन रक्षाको कामना गर्दछ ।

सबैको जानकारीको शेयर गर्नुहोस !!!

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ three = 1