गौरी मल्लको राष्ट्रपतिलाई पुकार: ‘राष्ट्रपति ज्यू! मलाई यो देशको नागरिक हुँ भन्न पनि लाज लाग्ने अवस्था आयो , अब त केही बोल्नुस्’

काठमाडौ । अभिनेत्री गौरी मल्लले आफुलाई लज्जास्पद समाजमा बाँचीरहेको बताएकी छन् । यो समाजमा यो देशको नागरिक भन्न लाज लाग्ने अवस्था आएको बताएकी छन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई इकित गर्दै भनिन्, उहाँले राष्ट्रपति भएर दुई कार्यकाल लिइसक्नुभयो तर खै राष्ट्रपतिले महिलाका लागि एक शब्द बोलेको उनको प्रश्न छ । कान्तिपुर टेलिभिजनको फायर साइड कार्यक्रममा बोल्दै अभिनेत्री मल्लले भनिन्, राष्ट्रपति कुनै दुरदराजको गाउँमा गएर एक पटक उभिदिए मात्र पनि धेरै प्रभाव पर्छ । खै उहाँले त्यसो मात्र गर्न सक्नु भएको ?

म यहाँ बसेर यति कुरा भन्न सक्छु त्यो राष्ट्रपतिको कुर्चीमा बसेर राष्ट्रपतिले मैले बोलेकै जति शब्द मात्र बोलिदिए कति प्रभाव पर्छ ? तर खै उहाँ बोलेको ? उनले भनिन्, कुर्चीमा बस्नका लागि मात्र बसेका कारण यस्तो भएको हो । उनले पदमा पुग्नेहरुले भिजन नै नलिएका कारण यस्तो अवस्था आएको बताएकी छन् ।

हामी एक कलाकारले कुनै भूमिका निभाउनु पर्दा सबै स्कृप्ट पढेर भिजन पुरा गरेर मात्र त्यो पात्रलाई न्याय दिन सक्छौं तर देश परिवर्तन गर्न भनेर कुर्चीमा बसेकाहरुसंग नै भिजन छैन । अनि कसरी त्यो भूमिकालाई न्याय दिन सक्छन् । उनले अहिलेको दुई तिहाई सरकार सबैभन्दा फेलियर सरकार भएको टिप्पणी गरिन् । अन्तरवार्ताको अन्त्यतिर राजनीतिक विषयबस्तुमा सोधिएको प्रश्नमा उनले यस्तो जवाफ दिएकी हुन् ।

महिलाले अवसर पाएर पनि त्यो अवसरलाई न्याय गर्न नसकेको अभिनेत्री गौरी मल्लले बताएकी छन् । उनले एक त महिलाले अवसर नपाउने तर पाएका महिलाले पनि त्यसको महत्व बुझ्न नसक्दा महिलाको अवस्था माथि उठ्न नसकेको बताएकी छन् । उनले नेतृत्वमा सक्षम महिला जान नपाएको बताएकी छन् । राजनीतिक पहुँच र नातावादका कारणले मात्र केही महिलाले अवसर पाएको बताउँदै उनले त्यसवाट समग्र महिलाले नेतृत्वमा पुगेको महशुष गर्न नपाएको बताएकी छन् ।

उनले नेतृत्व पाएकाहरुले शक्ति र अधिकार हस्तान्तरण गर्ने मनस्थिती नभएका कारण पनि क्षमतावानहरुले अवसर नपाएको बताएकी छन् । मत केवल एउटा पात्र हो । मलाई दिएको संवाद बोलेर चरित्रमा ढालेर त्यो पात्रलाई न्याय गर्ने कोशिष गर्छु । चुनौतीलाई पार गरेर देखाउने काम त नेतृत्व लिने महिलाको मात्र हो । महिलाले पाएको अवसरको इज्जत नभएको देखेको बताएकी छन् ।

सिनेमामा महिलालाई ल डा कु भूमिकामा देख्न चाहने समाज वास्तविक जिवनमा भने त्यस्तो भूमिकामा देख्न नचाहने भएकाले विकास हुन नसकेको बताएकी छन् । फिल्ममा ओ हो यो महिलाले गजब भूमिका निभायो भनेर प्रतिकृया दिने समाजको त्यही पात्र वास्तविक जिवनमा त्यस्तै चरित्रको महिला देख्यो भने यो ख त्त म भै भन्छ, गौरीको भनाई छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty two + = 39