मेसी विश्वकै सर्वाधिक कमाउने खेलाडी, शीर्ष १० मा को-को ?

काठमाडौं । बार्सिलोनाका फरवार्ड लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाइ गर्ने खेलाडीहरुको सूचीमा मेसी शीर्ष स्थानमा रहेका हुन् ।

फोर्ब्सका अनुसार मेसीको वार्षिक कमाइ १२६ मिलियन अमेरिकी डलर रहेको छ । मेसीले युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोभन्दा ९ मिलियन बढी कमाउछन् । मेसीले पारिश्रमिकबाट ९२ मिलियन डलर र एन्डोरसमेन्टबाट ३४ मिलियन डलर कमाइ गरेका छन् ।

यस्तै रोनाल्डोले पारिश्रमिकबाट ७० मिलियन डलर र एनडोरसमेन्टबाट ४७ मिलियनसहित कूल ११७ मिलयन डलर कमाइ गरेका छन् । यस्तै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट खेल्ने फरवार्डद्वय नेमार र किलिएन एमबाप्पे क्रमश: तेस्रो र चौथो स्थानमा छन् । नेमारको वार्षिक कमाइ ९६ मिलयन डलर र एमबाप्पेको ४२ मिलयन डलर रहेको छ ।

यस्तै प्रिमियर लिग क्लब लिभरपुलका मोहमम्द सालाह पाँचौ र म्यानचेष्टर युनाइटेडका पउल पोग्वा छैटौं स्थानमा छन् । बार्सिलोनाका एन्टोनी ग्रीजमन सातौं, रियल मड्रिडका गारेथ बेल आठौं, बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की नवौं र म्यानचेष्टर युनाइटेडका डेविड डे हेअ दशौँ स्थानमा छन् ।

यी हुन् सर्वाधिक कमाइ गर्ने १० खेलाडी

लियोनल मेसी- १२६ मिलियन अमेरिकी डलर
क्रिस्टियानो रोनाल्डो- ११७ मिलियन डलर
नेमार- ९६ मिलियन डलर
किलिएन एमबाप्पे- ४२ मिलियन डलर
मोहम्मद सालाह- ३७ मिलियन अमेरिकी डलर
पउल पोग्बा- ३४ मिलियन अमेरिकी डलर
एन्टोनी ग्रीजमन- ३३ मिलियन अमेरिकी डलर
गारेथ बेल- २९ मिलियन अमेरिकी डलर
रोवर्ट लेवान्डोस्की- २८ मिलियन अमेरिकी डलर
डेविड डे हेअ- २७ मिलियन अमेरिकी डलर

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four + 2 =