भिटेनले मागे माफी, ‘पारा’ गीत संशोधन सहित रिलिज हुने

काठमाडौं : भिटेनको नयाँ गीत ‘पारा’ संशोधनपछि पुनः रिलिज गरिने भएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै भिटेनले कार्तिक ८ गते रिलिज भएको आफ्नो गीतको शब्दका कारण विभिन्न निकाय र व्यक्तिप्रति ठेस पुग्न गएको गुनासो आएकाले कार्तिक १३ गते सो गीत आधिकारिक च्यानलबाट हटाइएको र गीत संशोधन गर्दै प्रकाशित गर्ने जनाएको छ।

विज्ञप्तिमा गीतबाट असुविधा पुगेका सम्बन्धितहरू निकायहरूसँग उनले माफी मागेका छन्। त्यसै गरी पहिले रिलिज गरिएको गीतलाई अनिधिकृत रूपमा अपलोड नगर्न आग्रह समेत विज्ञप्तिमा गरिएको छ। प्रहरीले गीतलाई लिएर आफूमाथि कारवाही गर्ने तयारी गरे पछि भिटेनको उक्त गीत बिहीबार साँझ प्राइभेट बनाइएको थियो।

उनले आधिकारिक च्यानलबाट चाँडै नै संशोधित भिडियो प्रशारण हुने जानकारी गराएका छन् । केही दिनअघि मात्रै उनको गीतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यलयले साइबर ब्युरोलाई निर्देशन दिएको थियो । प्रहरीले अनुसन्धान अगाडि बढाएको बताएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

25 − seventeen =