बिबाह गरेको लामो समयपछि वास्तविक जिवनमा आमा बन्दै भद्रगोलकी रक्षा श्रेष्ठ

काठमाडौं : हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’बाट चर्चामा आएकी रक्षा श्रेष्ठ बास्ताविक जीवनमा नै आमा बन्न लागेको खबर बाहिरिएको छ । उनि गर्भवती भएको कारण नै उनी सहभागी भएको रियालिटी शो डान्सिङ वीथ द स्टारबाट बाहिरिएको बताइएको छ ।

हालै एक युट्युव च्यानलसँको कुराकानीमा भद्रगोल टिमले यसबारे खुलासा गरेको हो । गर्भवती भएका कारण उनी अब छिट्टै पुनः प्रशारण हुन लागेको भद्रगोलमा नदेखिने सम्भावना रहेको बताइएको छ ।

उनी भद्रगोलबाट निकै चर्चामा आएकी कलाकार हुन् । उनको रुपका प्रशंसकहरुले खासगरी उनको आँखा र मुस्कानको तारिफ गर्छन् । एक सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी रक्षाले ६५ भन्दा बढी विज्ञापनमा अभिनय गरेकी छिन् ।

हाँस्य टलिश्रृङ्खला ‘भद्रगोल’ बाट उदाएकी रक्षा श्रेष्ठको सौन्दर्यमा पागल हुनेहरु धेरै छन् । धेरै म्यूजिक भिडियोमा सफलतापुर्वक अभिनय गरेकी रक्षा सानो पर्दामा नै रमाइहेकी छिन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन् । भद्रगोलमा जिग्रीकी मायालु प्रेमिका बनेकी रक्षा वास्तविक जीवनमा रुन्ची छिन् । सानोतिनो कुरामा पनि तुरुन्तै रोइहाल्ने बानी उनी स्वयम्लाई मन पर्दैन ।

‘मलाई रुन ठूलो कारण चाहिँदैन, त्यत्तिकै पनि आँशु आइहाल्छ,’ उनी भन्छिन् । यसले रक्षालाई एउटा कुरामा भने फाइदा भएको छ । अभिनय गर्दा पनि उनलाई रुनका लागि ग्लीसिरिन चाहिदैन । ‘प्राय सुटिङमा म त्यत्तिकै रोइदिन्छु,’ रक्षाले भनिन् । फेशनको मामलामा उनी औधी सौखिन छिन् । पैसा भएपछि लुगा किन्न दौडिहाल्छिन् । लुगा र जुत्तामा विषेश सोख छ उनलाई ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 74 = eighty