चर्चित अभिनेत्री मनिषा कोइरालाले भनिन् “राजाको महत्व काँग्रेसका नेताले बुझेनन्”

काठमाडौँ। चर्चित अभिनेत्री मनिषा कोइरालाले नेपाली काँग्रेसका नेताहरुले बीपीले राजाबारे बनाएको धारणाको मर्म नबुझेको बताएकी छन्। पत्रकार जीवनराम भण्डारीसँग कुरा गर्दै मनिषाले अहिलेका काँग्रेसजनले बीपीले राजा र राजसंस्थालाई दिएको उचो स्थानको महत्व बुझ्न नसकेको बताएकी हुन्।

मनिषा भन्छिन्, ‘जुन राजाले त्यति दु:ख दियो उसैले राजाको र मेरो घाटी जोडिएको छ किन भन्नु भयो? त्यता तिर कांग्रेसी लिडरहरुको किन ध्यान जादैन त्यो बुझ्न सकेको छैन।’त्यस्तै, मनिषाले नेपाली काँग्रेसको आजको स्थिति देखेर दु:ख लाग्ने गरेको समेत बताइन। उनले आफ्नो हजुरबुवा बीपी कोइराला र उहाँका सहपाठीहरुको त्याग र बलिदानले बनेको पार्टीको आजको स्थिति देख्दा दु:ख लाग्ने गरेको बताएकी हुन्।

मनिषाले भनिन्, ‘बीपी बा र उहाँका साथीहरुले आफ्नो त्यागले बनाएको कांग्रेसको स्थिति देख्दा दुख लाग्छ।’मनिषाले काँग्रेस बीपीले देखाएको बाटोमा नहिड्दा यस्तो स्थिति आएको बताइन। ‘वीपीको बाटोलाई बिर्सेर अर्को बाटोमा लाग्दा यस्तो स्थिति आएको हो कि?,’ मनिषा भन्छिन्।

बीपीका पुस्तकहरु आफूले पढ्दा बीपीले आफ्नो जीवनको अन्त्य हुने बेला सम्म धेरै धारणाहरु परिवर्तन गरेको मनिषाले बताइन। त्यसैले पनि बीपीले बनाएका धारणाहरु उहाँको अनुभव र दृष्टिबाट खारिएर आएको मनिषाको बुझाई छ। बीपीले धेरै पटक आफ्नो विचार सामान्य मान्छेले बुझ्दैनन् भन्ने थाहा हुदा हुदै पनि आफ्ना धारणाहरु प्रस्तुत गरेको बताइन।

मनिषाले देशको लागि राम्रो गरेको खण्डमा आफूले जो कोहिलाई समर्थन गर्ने जनाएकी छन्। उनले भनिन्, ‘देशलाई राम्रो गरेको छ भने कम्युनिष्ट,काँग्रेस ,राजावादी सबैलाई समर्थन छ।’मनिषाले राजनीतिमा जुन बाटो रोजे पनि अन्तिम विन्दु भनेको देश र जनता हुनुपर्ने बताइन।

राजनीतिमा प्रवेश गर्नु हुन्छ कि हुदैन भन्ने पत्रकारको प्रश्नमा भने मनिषा केहिबेर अकमकिएकी थिइन। उनले राजनीतिबारे आफू अझै दुविधामा रहेको बताइन। ‘राजनीतिबारे म अझै दुविधामा नै छु। म अध्यात्म, एकान्तवास रुचाउने मान्छे राजनीति भित्र पसेर राम्रो गर्न सक्छु कि बाहिर बसेर राम्रो गर्न सक्छु भन्ने बारे म दुविधामा नै छु,’ मनिषाले भनिन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one × = 2