सियोनाको उपचारमा लोकप्रिय गायिका रचना रिमालको यती धेरै सहयोग

काठमाडौं । १३ महिनाकी बालिका सियोना श्रेष्ठको उपचारका लागि नेपाली सेलिब्रेटीहरुले पनि आफ्नो तर्फबाट सकेको आर्थिक सहयोग गरिरहेका छन् । विश्वमा छरिएर रहेका नेपालिहरुले दिल खोलेर आर्थिक सहयोग गरिरहेको अवस्थामा पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले पनि सियोनाको जीवन रक्षाको कामना गर्दै आर्थिक रकम सहयोग गरेकी छन् । उनले आफ्नो ब्यक्तिगत तर्फबाट २० हजार सहयोग गरेको बताईन् ।

केही समयअघि नै सहयोग गर्न इच्छा देखाउदै हामिलाई सम्पर्क गरेकी रचनाले काम ब्यस्तताको कारण केही ढिलो हुन गएको बताईन् । रचनाले ईसेवा मार्फत सो रकम पठाएकी हुन् । उनले सियोना बचाउ अभियान सुरु हुदाताका पनि केही हेल्प पोस्ट आफ्नो सामाजिक संजालमा साझेदार गरेकी थिइन् । सियोनाको उपचारका लागि २५ करोड रुपैयाँ आवश्यक पर्छ । जसमध्ये १३ करोड भन्दा बढी रकम संकलन भैसकेको सियोनाको बुवा सन्दिप श्रेष्ठले हामिलाई बताए ।

यसअघि फ्यानक्लबको सहायतामा आकाश श्रेष्ठले १ लाख १७ हजार नेपाली सहयोग गरेका थिए भने गायक नितेश जंग कुवरले पनि सियोनालाई आर्थिक सहयोग गरेका छन् । उनले २५ हजार नेपाली रुपैयाँ सहयोग गरेका थिए भने अभिनेता पल शाह र उनको परिवारको तर्फबाट दशै दक्षिणा स्वरुप १ लाख नगद हस्तान्तरण गरेका थिए । दशै दक्षिणा स्वरुप नै अभिनेत्री नम्रता सापकोटा र उनको परिवारले पनि सहयोग गर्ने घोषणा गरेका थिए ।

तर, उनले गरिन गरिनन् त्यसको यकिन भने भएको छैन । त्यस्तै अभिनेत्री आचल शर्माले पनि सहयोग गर्ने इच्छा ब्यक्त गर्दै सियोनाको आमा एलिनालाई म्यासेज गरेकी थिइन् । तर, त्यसपश्चात् उनले पनि त्यो कुरालाई बिर्सिन वा सहयोग सार्बजनिक गरिनन् । यसबारे सियोनाको बुवासंग बुझ्दा उनले सहयोग गरेको कुरा आधिकारिक रुपमा जानकारी नआएको बताए ।

यस्तै अभिनेत्री वर्षा राउतले पनि ३० हजार, गायक बुद्ध लामाले १० हजार, हास्यकलाकार कुमार कट्टेलले १० हजार आर्थिक रकम सहयोग पहिले नै गरिसकेका छन भने परमिताले ईन्स्टाग्राममा अनलाईन स्टोर नै चलाईरहेकी छन् । जहाँ बिक्री भएर आएको रकम सियोनाको उपचारमा खर्च हुनेछ । त्यस्तै अभिनेत्री करिष्मा मानन्धरले पनि सहयोग गरेको बताएकी छिन् । उनले केही अघि फेसबुकमा एक स्ट्याटस लेख्दै अभिनेत्री परमिता आरएल रानाले सुरु गरेको अभियान मार्फत सहयोग गरेको लेखेकी थिइन् ।

सियोनाको उपचार नेपालमा सम्भव नहुने र उपचार गर्न २५ करोडको हाराहारीमा खर्च लाग्ने भएपछि सियोनाको बुवाआमा यतिबेला सहयोग अपिल गरिरहेका छ । आफ्नो छोरिको जीवन रक्षाको निम्ति सबै सेलिब्रेटिहरुलाई सकेको आर्थिक सहयोग गर्न सियोनाको अभिभावकले गरिरहेका छन् । छोटो समयमा धेरै पैसा संकलन भएको छ तर, सियोनाको उपचारको लागि यो रकम धेरै नै कम हो । त्यसैले अझै सहयोगको जरुरत छ । सियोनलाई जन्मजात वंशानुगत लाग्ने रोग स्पाईनल मुस्कुलर थेरापी-एसएमई-१ (SPINAL MUSCULAR ATROPHY (SME-1) रोग लाग्यो । जुन रोगका कारण बच्चाको अंगहरुले काम नगर्ने, विस्तारै सबै सुक्दै जाने र मृत्युसम्म हुने जस्ता लक्षण देखिन्छ ।

जस्का कारण यतिबेला मृत्यु जित्न संघर्ष गरिरहेकी सियोनाको जीवन रक्षाको कामना गर्दै देशबिदेशमा रहेका आम नेपाली तथा सेलिब्रेटिहरुले पनि सहयोग गरिरहेका हुन् । सियोनको उपचार २ वर्ष उमेर भित्रमा गरिसक्नुपर्ने छ । तर, जति चाडो गर्यो त्यति राम्रो हुने हस्पिटलले बताएको छ । यो रोगको उपचार नेपालमा सम्भव नभएपछि छोरिका साथमा सन्दिप दम्पती झन्डै डेढ महिनादेखी पोल्यान्डमा छन् । यतिबेला अभियानलाई अझै प्रभावकारी बनाउन फेसबुकमा पब्लिक ग्रुप नै बनेको छ । सियोनालाई सहयोग गर्न अनलाइन, बैंक एकाउन्ट र ए-सेवा एकाउन्ट रहेको छ ।

जहा सहयोगीदाता आफुले चाहेको रकम पठाउन सक्नेछन् । बैंकमा सहयोग रकम पठाउनको लागि सियोन श्रेष्ठ (Siyona Shrestha) नाममा बैंक अफ काठमाडौ (Bank of Kathmandu) को परासी ब्रान्च (Parasi branch) मा एकाउन्ट खोलिएको छ । जस्को एकाउन्ट नम्बर 206500000031524 रहेको छ । यस्तै, ईसेवाबाट आर्थिक सहयोग गर्नको लागि 9816457809 र 9847206466 आईडी प्रयोग गर्दै सियोन बचाउ अभियानमा साथ दिन सक्नुहुनेछ छ भने www.gofoundme.com मार्फत पनि सहयोग रकम पठाउन सकिनेछ । डिथ्री अनलाइन सियोनको जीवन रक्षाको कामना गर्दछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× one = seven