जोनी ब्रेष्टो चम्किएपछि पहिलो टि-२० खेलमा ईङ्ल्याण्ड बिजयी

काठमाडौं : अफ्रिकाबिरुद्धको पहिलो ट्वान्टी २० क्रिकेटमा भ्रमणकारी टोली ईङ्ल्याण्ड विजयी भएको छ । केप टाउनमा गएराती घरेलु टोलीलाई ५ विकेटले हराउँदै ईङ्ल्याण्डले ३ म्याचको सिरिजमा १–० को अग्रता बनाएको हो । साउथ अफ्रिकाले प्रस्तुत गरेको १ सय ८० रनको चुनौती ईङ्ल्याण्डले ४ बल अगावै ५ विकेट गुमाएर भेट्टायो ।

जोनी ब्रेष्टोले अविजित ८६ रन बनाउदै ईङ्ल्याण्डको जित निश्चित पारे । बिष्फोटक ब्याटिङ गरेका ब्रेष्टोले ४८ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । वेन स्टोक्सले ३७ र डाविड मलानले १९ रनको योगदान गरे । साउथ अफ्रिकाका लुङ्गी निग्दी र जर्ज लिण्डेले समान २ तथा ताबरिज साम्सीले एक विकेट लिए ।

यसअघि केप टाउनमा पहिले ब्याटिङमा उत्रिएको घरेलु टोली साउथ अफ्रिकाले ६ विकेट गुमाएर १ सय ७९ रनको उच्च योगफल तयार पारेको थियो । फाफ डुप्लेसीसले ५८ रन बनाएको उसको ईनिङसमा रसी भान डेर दुसेनले ३७ र कप्तान क्विन्टन डि ककले ३० रन बनाए ।

ईङ्ल्याण्डका साम कुरानले ३ तथा जोफ्रा आर्चर, टम कुरान र क्रिस जोर्डनले समान एक विकेट लिए । यी २ राष्ट्रबिचको दोस्रो ट्वान्टी २० क्रिकेट पर्लमा भोली हुनेछ । साउथ अफ्रिका भ्रमणका क्रममा यी दुई राष्ट्रबीच ३ म्याचको ट्वान्टी २० सिरिजसंगै समान खेलको वन डे सिरिज पनि हुनेछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty nine − = fifty five